सोमवार, अशोज २७, २०८२ | October 13, 2025

झापाली समाज साउदी अरबद्वारा त्रिभुवन माध्यमिक विद्यालय, शिवसतासी–४, झापामा LED उपकरण हस्तान्तरण

झापाली समाज साउदी अरबद्वारा त्रिभुवन माध्यमिक विद्यालय, शिवसतासी–४, झापामा LED उपकरण हस्तान्तरण

  • देबी बहादुर सुतारकार्की

  • बुधबार, अशोज २२, २०८२

  • 230
    Views
झापाली समाज साउदी अरबद्वारा त्रिभुवन माध्यमिक विद्यालय, शिवसतासी–४, झापामा LED उपकरण हस्तान्तरण

नबिन सन्चार झापा

विदेशमा रहेर मातृभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै झापाली समाज साउदी अरबले झापा जिल्ला, शिवसतासी नगरपालिका–४ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक थान LED उपकरण हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित विशेष समारोहमा समाजका तर्फबाट LED उपकरण प्रधानाध्यापक नारायण प्रसाद चापागाईंले ग्रहण गर्नुभयो। कार्यक्रममा वडा अध्यक्ष बिष्णु प्रसाद प्रसाई विशेष अतिथिको रूपमा उपस्थित हुनु भएको थियो।

समाजका अध्यक्ष रबिन गिरीले सम्बोधन गर्दै, समाजले विदेशमा रहँदा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। समाजका पूर्व अध्यक्ष राजेन्द्र थापा, सह–सचिव देवी बहादुर कार्की, सदस्य राजिव श्रेष्ठ, र सदस्य कृष्ण माया हुमागाई पनि कार्यक्रममा उपस्थित हुनु भएको थियो।

प्रधानाध्यापक नारायण प्रसाद चापागाईंले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै, LED उपकरणले विद्यालयमा सूचना प्रवाह, दृश्य शिक्षण (Visual Learning), र कार्यक्रम सञ्चालनमा सहजता ल्याउने र विद्यार्थीहरूको अध्ययनप्रतिको उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha