शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

उपत्यका प्रहरी परिसर काठमाडौंलाई एनआरएनए चीनद्वारा करिब १० लाख बराबरको सामग्री सहयोग

उपत्यका प्रहरी परिसर काठमाडौंलाई एनआरएनए चीनद्वारा करिब १० लाख बराबरको सामग्री सहयोग

  • Naveen Sanchar

  • शुक्रबार, अशोज १०, २०८२

  • 180
    Views
उपत्यका प्रहरी परिसर काठमाडौंलाई एनआरएनए चीनद्वारा करिब १० लाख बराबरको सामग्री सहयोग

काठमाडौं नबिन सन्चार ड्ट कम

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका सामग्री सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माण सहयोगस्वरूप उक्त सामग्री हस्तान्तरण गरिएको हो।

शुक्रबार परिसरमा आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिएको सामग्रीमा १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल र १५ वटा स्टील दराज (क्याबिनेट) रहेका छन्।

कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष तथा हाल आईसीसी सदस्य निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल, सुरज व्याञ्जू, महासचिव सुरज न्यौपाने, सचिव कमल सापकोटा, सदस्य रोजेन माकजु, पञ्जीकृत सदस्य प्रियस खरेल र अंकित खतिवडालगायतको उपस्थिति थियो।

त्यसैगरी, आईसीसी तथा सचिवालय तर्फबाट अध्यक्ष डा. बद्री केसी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सहायक निर्देशक रबिना महर्जन पनि सहभागी थिए।

कार्यक्रममा बोल्दै एनसीसी चीनका पदाधिकारीहरूले नेपाल प्रहरीलाई आवश्यक सामग्री सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सकेसम्म योगदान गर्ने प्रतिबद्धता जनाए।

एनआरएनए अध्यक्ष डा. बद्री केसीले विश्वभर रहेका गैरआवासीय नेपालीले मातृभूमिको विपद् र संकटका घडीमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै, जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माण र अन्य आपतकालीन अवस्थामा एनआरएनए सदैव नेपाल सरकारसँग सहकार्य गर्ने बताए।

उपत्यका प्रहरी परिसरका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी जनताको शान्ति–सुरक्षामा अहोरात्र खटिरहने बताउँदै, यस विषम परिस्थितिमा एनआरएनए चीनबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरे।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha