दिलको अँध्यारोमा उज्यालो भरोसा दिलाउन,
थाकेका पाइलामा नयाँ बल भरोसा दिलाउन।
आँधीले ढाल्छ भनी मन भित्र डराउँदा तिमीलाई,
छातीको साहसले अटल पल भरोसा दिलाउन।
टुटेका सपना जुड्छन् विश्वासको धागोले,
घायल मनको घाउमा मलम जल भरोसा दिलाउन।
आफ्नै छायाँ हराए जीवनको दु:खद घडीमा,
सधैँ साथ छु भन्ने अमर छल भरोसा दिलाउन।
हारेको आत्मालाई जितको स्वाद चखाउन,
प्रेमको भाषा र अटल मन भरोसा दिलाउन।
-अलि महम्मद मिया
गोर्खा
(हाल इजरायल )