दौडिँदै हिँडेको बाटो, हास्दै बिताएको पल, सपना बोक्ने आँखाको भविष्य त कतै हरायो जस्तो छ| पर्खाइको घडी लामो भयो, न त गन्तव्य भेटियो, न त उत्तर पाइयो , प्रश्न मात्र मनमा गाँसिँदै गए। संसारको भिडभाडमा आफ्नै आवाज हराए झै, हजार रंग देख्दा पनि मनमा रङ फिका भयो। म यात्रा गर्दैछु निरन्तर तर मन्जिल अझ टाढा छ, आफैँलाई खोज्दा खोज्दै सोच्दै बस्छु— म अहिले कहाँ छु ? -अलि महम्मद मिया गोर्खा (हाल इजरायल) सम्बन्धित समाचार गजल – अलि महम्मद मिया बालबालिका हामी नेपाल मुक्तक प्रतिष्ठानले शेरचन र श्रेष्ठलाई पुरस्कृत गर्ने साहित्यिक पत्रकार संघद्वारा श्रेष्ठका कृति लोकार्पण गजल श्रीपञ्चमी (सरस्वती पूजा) शुभकामना सन्देश