
दोहा , कतार :– दोहा वोएब्स इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा नेपाली, भोजपुरी, मैथली कलाकारहरु को साथमा नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा “Back to 90’s Star Night 2025” सांस्कृतिक कार्यक्रम हुने भएको छ । कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि “व्याक टु ९० स्टार नाईट २०२५” मा नेपालका सदाबहार लोकप्रिय गायक कर्णदाश, नयाँ पुस्ताका स्टेज किंग भनेर चिनिने चर्चित गायक दुर्गेश थापा, विरासतलाई फेर्केर हेर्दा” “Back to 90’s” का सुपर हिट ब्याण्डहरु लाईभ प्रस्तुति सहित (मध्यान्ह,लेकाली,देउराली,ब्रोसिस,भेगाबोन्ड), युवापुस्ताकी चर्चीत गायिका सृजना खत्री (हाउडेमाया), मोडल-नायिका कबिता नेपाली, भोजपुरी चर्चित गायक सानु कुमार, चर्चित डान्सर प्रिती पाश्वान, सुभी शर्मा, सपना चौहान लगायतका कलाकारहरु कतार आउन लागेका हुन ।
पुराना स्वर्णिम दिनहरु लाई याद दिलाउदै, नेपाली गित संगीतको जगतमा बिगत ३० वर्ष देखि अहिलेको नयाँ पुस्ताहरु सम्ममा उत्तिकै चर्चित रहन सफल ब्याण्डका कालजाही गीतहरु जीन्दगीको के भरोसा, अनौठो बेथा भएछ, ठुला ठुला महल हैन, बस सुन्दरी, चाईना कम्पनि, पागलप्रेमी , यो जिन्दगानी, यो मुटुमा माया मेरो, अन्जानैमा, ढुंगे साउको मेलामा,पहिलो नजर अनि पहिलो भेट, लगायतका “Back to 90’s” का दर्जनौ गितहरु लाईभ ब्याण्डका साथ सुन्न एवम प्रतक्ष हेर्न पाईने छ ! विरासतलाई फर्केर हेर्दा “Back to 90’s” नामकरण गरेर ७ ओटा ब्याण्डले सामुहिक सहकार्य गरेका छन्, “Back to 90,s” समुहले नया पुस्तालाई चिनाउदै, साँगीतिक यात्रा नेपाल लगायत अन्य मुलुकमा भब्य शो गरिसकेका छन्, भने कतारमा पहिलो पटक एकै साथ ५ ओटा ब्याण्डले प्रस्तुति दिन लागेका हुन । युवा पुस्तामा निकै चर्चित,गायक,मोडल,समय अनुसार आफुलाई प्रस्तुत गर्नसक्ने क्षमतावान कलाकार, स्टेज किंग दुर्गेश थापा, कतारमा पहिलो पटक बाह्य कार्यक्रमका लागि आउन लागेका हुन । बच्चा देखि बुडासम्म सबैको मुखमा झुन्डिने उनका रचनाहरु समय सापेक्ष हरेकको परिस्थिति संग मेलखाने भएकाले उनि चर्चाको शिखरमा रहेका एक फरक विधाका युवा पुस्ताका कलाकार हुन् । पछिल्लो समयमा कलाकारिताको क्षेत्रमात्र नभई निकै सरल स्वाभावका उनि सामाजिक कार्यहरु मा पनि उतिकै सक्रिय रहदै आएका छन् । उनको “दुश्मन हेरेको हेर्यै” भन्ने सिर्जना नेपाली भाषामा मात्र नभई अन्य देशका भाषाहरु मा पनि अनुवाद सहित चर्चाको शिखरमा रहेको छ । “मेरो एक्स छम्म” भन्ने गित बाट चर्चा बटुलेकी सिर्जना खत्री “हाउडेमाया” शिकारीनारी, लाउरे माया लगायतका गितहरु प्रस्तुति रहने छन्। ट्रेटमिल बाट भाईरल भएकी बुगीउगी रियालिटी कि बिजेता,२४ घन्टामा सगरमाथा तथा लोत्से हिमाल सफल आरोहण गर्ने पहिलो नेपाली नारि ,रोडीज सिजन -७ कि जज समेत रहेकी नायिका, मोडल एवं डान्सर कबिता नेपालीको धमाकेदार प्रस्तुतीहरु रहने छ। त्यसैगरी सुमधुर स्वरका धनि मैथली भोजपुरी गायक सानु कुमार,डान्सर प्रिती पाश्वन, सुमी शर्मा, सपना चौहानका प्रस्तुतिहरु रहनेछन ।
सनैयामा अबस्थित ग्राण्डमलको एमपीथ्रीएटर सभाहलमा हुने कार्यक्रममा साँझ ५ बजेबाट गेट खुल्ला गरिने छ, संयोजक रोशन अर्यालका अनुसार दर्शकहरुको सहजतालाई ध्यानमा राख्दै टिकटका लागि विभिन्न सपिङ्ग महल तथा आन्लाईं मार्फत पनि काट्न सकिन व्यवस्था गरिएको बताएका छन् । बिभिन्न वर्गमा रहेको टिकटको दर गोल्ड ४०, प्लटिनियम ६०, भिआइपी ८०, रेड कार्पेट २०० कतारी रियल मूल्य कायम गरिएको छ भने, यदि कसैलाई टिकट चाहिएको खण्डमा मोबाईल नम्बर 31578308,70665644 मा सम्पर्क गर्न सक्नुहुने छ, अबस्था हेरिकन घर-दैलो सम्म पुराउने समेत व्यवस्था रहेको बताएका छन्। अर्ली बड्सका लागि रेड कार्पेट टिकटको खरिदमा ५० करी छुट को ब्यबस्था गरिएको छ । हालै नेपालमा जेंजी पुस्ताले परिवर्तनका लागि गरेको आन्दोलनमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दीक श्रद्धाञ्जली अर्पण गर्दे घाईते सम्पूर्णमा शिघ्र स्वास्थलाभको कामना सहित मृतकका परिवारजनको सहायताका लागि कार्यक्रमबाट हुने मुनाफाको केहि अंश आयोजकका तर्फबाट सहयोग गर्ने प्रोड़ीउसर मो. तयैवाले घोषणा गरेको जानकारी गराए।
प्रवासमा पनि दशैंलाई सामूहिक तथा भव्यरूपमा एकै थलोमा मनाउन सकियोस् र एक दिन भए पनि कामको थकाइलाई मेट्न सकियोस्, आन्दोलनमा ज्यान गुमाउने परिवारका लागि केहि सहायता होस् भन्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।कतारका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन। दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नेछ। कार्यक्रमले दशैको उमङ्ग, भाइचाराको भावना र विविध सांस्कृतिक सौन्दर्यलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ। भिक्टोरिया ज्वलरि मुक्य प्रायोजक रहेको कार्यक्रममा आयुषा ब्युटी सलुन ब्युटी पार्टन अन्य सह-प्रायोजकहरु रहेका छन् । कार्यक्रमको तयारि अन्तिम चरणमा पुगरेको र थप जानकारी चाहिएमा मोबाईल वा ह्वाटसप नम्बर 70665644,31578308 मा सम्पर्क गर्न सकिने पब्लिक रिलेशन प्रमुख मो. मुजिव नबाब जानकारी दिएका छन् ।