शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएनए आरसीसी हाफर अल बतीनमा १३ सदस्यीय तदर्थ समिति गठन

एनआरएनए आरसीसी हाफर अल बतीनमा १३ सदस्यीय तदर्थ समिति गठन

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शनिबार, भदौ २१, २०८२

  • 191
    Views
एनआरएनए आरसीसी हाफर अल बतीनमा १३ सदस्यीय तदर्थ समिति गठन

हाफर अल बतीन (साउदी अरव )

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए आरसीसी) साउदी अरेबियाले गत ५ सेप्टेम्बर २०२५ मा एक भव्य भेलामार्फत एनआरएनए आरसीसी हाफर अल बतीन क्षेत्रीय १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको अध्यक्षतामा पानस बहादुर बिक चयन भएका छन्।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक तथा साउदी अरबका लागि पर्यटन दूत राजेन्द्र अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सभापतित्व संघका केन्द्रीय उपाध्यक्ष मनीष कोइरालाले गर्नुभएको थियो भने सञ्चालन केन्द्रीय सचिव धुर्ब कटुवालले गरेका  थिए ।

तदर्थ समितिका पदाधिकारी (एनआरएनए आरसीसी हाफर अल बतीन)

  • अध्यक्ष – पानस बहादुर बिक
  • उपाध्यक्ष – माधव राज लुइटेल
  • सचिव – श्याम गिरी
  • सह–सचिव – रोशन राज भण्डारी
  • कोषाध्यक्ष – मिलन लामा
  • सह–कोषाध्यक्ष – राज कुमार श्रेष्ठ
  • युवा संयोजक – अनिल मगर
  • सदस्य – सन्तोष जैसवाल, हरि शरण अधिकारी, मोतीबहादुर विश्वकर्मा, बल बहादुर बिक, देवनन्द रोक्का, बिरेन्द्र ठकुल्ला

✦ सल्लाहकार मण्डल

  • प्रमुख सल्लाहकार – विष्णु प्रसाद भण्डारी
  • सल्लाहकार – राजु के.सी, गोविन्द के.सी, भरत कुमार राना

✦ संरक्षक मण्डल

  • प्रमुख संरक्षक – राम बहादुर लामा
  • संरक्षक – मनीष कोइराला, होम राज बास्तोला

भेलामा एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य राम बहादुर लामा, केन्द्रीय उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी, सदस्य होम राज बास्तोला, पूर्वी क्षेत्रीय अध्यक्ष धन कुमार लामा, अल–कसीम क्षेत्रीय सदस्य दीपक भट्टराई, नेपाली साझा मंच साउदीका महासचिव राजु के.सी लगायतका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा करिब १५० भन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो।

समिति घोषणा पश्चात प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित महानुभावहरूले नवगठित एनआरएनए आरसीसी हाफर अल बतीन समितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै श्रमिक सचेतना, वैदेशिक रोजगारीमा कमाइ सुरक्षित राख्ने तरिका, रेमिट्यान्स सुरक्षित र सस्तो माध्यमबाट पठाउने उपाय तथा हाल बढ्दै गएको ठगीबारे सचेतना सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाले समिती गठनमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै एनआरएनए आरसीसी हाफर अल बतीन समितिको सफल कार्यकालको शुभकामना प्रकट गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha