शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

साउदी अरबको दमाममा एनआरएनए पूर्वी क्षेत्रद्वारा भव्य तीज सांगीतिक कार्यक्रम सम्पन्न

साउदी अरबको दमाममा एनआरएनए पूर्वी क्षेत्रद्वारा भव्य तीज सांगीतिक कार्यक्रम सम्पन्न

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • बुधबार, भदौ १८, २०८२

  • 200
    Views
साउदी अरबको दमाममा एनआरएनए पूर्वी क्षेत्रद्वारा भव्य तीज सांगीतिक कार्यक्रम सम्पन्न

दमाम (साउदी अरब), नबिन संचार

गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्वी क्षेत्रद्वारा साउदी अरबको दमामस्थित कतिफमा भव्य तीज विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष धनकुमार तामाङले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, रियाधका महामहिम राजदूत डा. नरेश ढकालको उपस्थिति रहेको थियो।

विशेष अतिथिहरूमध्ये नेपाली राजदूतावासकी उपप्रमुख सृजना अधिकारी, एनआरएनए साउदी अध्यक्ष उमेश भट्टराई, मध्यपूर्व संयोजक तथा नेपाल सरकारका पर्यटन दूत राजेन्द्र अर्याल, निवर्तमान अध्यक्ष रबिना अर्याल, पूर्व महिला उपाध्यक्ष यासमिन बेगम सैयद लगायतका गण्यमान्य व्यक्तित्वहरू सहभागी भएका थिए।

अध्यक्ष तामाङले सम्बोधन गर्दै “तीज नेपाली समुदायको एकता र सांस्कृतिक पहिचानको पर्व हो” भन्दै प्रवासमा यस्ता कार्यक्रमहरूले नेपालीपनलाई जोगाउन ठूलो योगदान गर्ने बताउनुभयो। त्यस्तै राजदूत डा. ढकालले “राष्ट्रप्रति श्रद्धा अनुशासित व्यवहारबाट मात्र प्रकट हुन्छ” भन्दै प्रवासमा रहेका संघ–संस्थाहरूको भूमिकाको सराहना गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकगायिका सुनिता दुलाल थिइन्। उहाँले “फुलबुट्टे सारी”, “तीजको रहर आयो बरी लै” लगायत लोकप्रिय गीत प्रस्तुत गर्दा उपस्थित दर्शकहरू उत्साहपूर्वक नाच्दै रमाएका थिए। साथै, स्थानीय कलाकार रोम लामा, अर्जुन छेत्री, फणिन्द्र कार्कीलगायतले पनि प्रस्तुति दिएका थिए।

सांस्कृतिक नृत्य, गीत र शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रममा साउदीमा रहेका नेपालीहरूको उल्लेखनीय उपस्थिति मात्र नभई केही भारतीय नागरिकहरूको पनि सहभागिता रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha