आइतवार, चैत्र १, २०८२ | March 15, 2026

रियादमा पारिवारिक समाज नेपाल, साउदी अरबको आठौँ वर्षगाँठ तथा हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

रियादमा पारिवारिक समाज नेपाल, साउदी अरबको आठौँ वर्षगाँठ तथा हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • आइतवार, भदौ ८, २०८२

  • 419
    Views
रियादमा पारिवारिक समाज नेपाल, साउदी अरबको आठौँ वर्षगाँठ तथा हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

साउदी अरब, रियाद – हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज)को अवसर पारेर पारिवारिक समाज नेपाल, साउदी अरबले आफ्नो आठौँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सहित दर खाने कार्यक्रम २०२५ अगस्ट २२ मा भव्यताका साथ सम्पन्न गरेको छ।

राजधानी रियादस्थित अल बथा, अल यास्मिन रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष जितेन्द्र थपलियाको सभापतित्व र नेपाली दूतावास रियादका महामहिम राजदूत डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रम दिप प्रज्वलन र राष्ट्रिय गानबाट सुरु भएको थियो।

सांस्कृतिक कार्यक्रमका क्रममा स्थानीय कलाकारका साथसाथै पारिवारिक समाजका सदस्यहरूको तीज नृत्य, समूह गीत तथा विभिन्न प्रस्तुतीले सभाहल रमाइलो बनेको थियो। ज्वाला थपलिया, राखी बर्मा, कल्पना पोखरेल लगायतले नृत्य प्रस्तुत गरेका थिए भने कमल एण्ड फ्यामिली, मुस्कान शर्मा, अरुण बेल्वासे, नागेश तामाङ, रन्जु लिम्बु, रोहन परियार, बिकल तामाङ, फुर्वा लिम्बु, शान्ती लामा लगायतका कलाकारहरूले पनि दमदार प्रस्तुती दिएका थिए।

यस अवसरमा पारिवारिक समाजले आफ्नो गतिविधि र वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरेको थियो। प्रमुख अतिथि राजदूत डा. ढकालले प्रवासमै पनि नेपाली संस्कृतिको जगेर्ना भइरहेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकता र उत्साह प्रदान गर्ने बताए।

कार्यक्रमलाई Tele Money/City Express, हिमालय टुर्स एण्ड ट्राभल्स, अल मराई कम्पनी तथा फ्रेन्डी पेले प्रायोजन गरेका थिए। अल मराई कम्पनीले दर्शकका लागि जुस तथा सफ्ट ड्रिङ्क्स उपलब्ध गराएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति जितेन्द्र थपलियाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना आदानप्रदानसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha