शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

मेरो भ्वाइस युनिभर्स’ को फाइनलमा जुनु प्रसाई,

मेरो भ्वाइस युनिभर्स’ को फाइनलमा जुनु प्रसाई,

  • देबी बहादुर सुतार कार्की – नवीन सन्चार

  • मङ्लबार, भदौ ३, २०८२

  • 161
    Views
मेरो भ्वाइस युनिभर्स’ को फाइनलमा जुनु प्रसाई,

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा पहिलो पटक महिला प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेकी छिन्।

फाइनलमा प्रवेश गर्ने भाग्यशाली प्रतिभा हुन् – गायिका जुनु प्रसाई।

ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट शिक्षा तथा सांगीतिक यात्रा सुरु गरेकी प्रसाई हाल झापाकी स्थायी वासिन्दा हुन्। रोजगारीका सिलसिलामा कतारमा बस्दै आएकी उनी आफ्नो सांगीतिक सपनालाई निरन्तरता दिँदै फाइनलसम्म आइपुगेकी हुन्।

बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन, प्रतिभा र मेहनतको मिठास झल्किन्छ। विद्यालय जीवनदेखि नै विभिन्न सांगीतिक कार्यक्रम र प्रतियोगितामा सक्रिय रहेकी उनी आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउन सफल भएकी छन्।

नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजना गरिएको हो। यसमा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाले सहभागिता जनाएका छन्। अडिसन राउन्ड १३ देशमा सम्पन्न भएकोमा जुनु कतार अडिसनमार्फत छनोट भई फाइनलसम्म आइपुगेकी हुन्।

फाइनलमा प्रवेश गरेपछि प्रसाईले दर्शक र शुभेच्छुकलाई धन्यवाद दिंदै भनिन्–

“म हजुरहरुकै छोरी/चेली जुनु प्रसाई, तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले फाइनलसम्म आइपुगेकी छु। अझै केही सिँढी बाँकी छन्, त्यसका लागि तपाईंहरूको अझ धेरै माया र साथको अपेक्षा गर्दछु।”

उनलाई विजयी बनाउन मोबाइलको म्यासेज बक्समा MVU 06 टाइप गरी 37000 मा पठाउन सकिन्छ। त्यस्तै My Intra एप डाउनलोड गरी जुनुको प्रोफाइलमा क्लिक गरेर पनि भोट दिन सकिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha