शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड कतार आउँदै

नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड कतार आउँदै

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • आइतवार, भदौ १, २०८२

  • 491
    Views
नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड कतार आउँदै

दोहा, कतार : नेपालको लेजेण्ड ब्यान्ड “नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड” कतार आउने भएको छ । साना सिग्नल नजिकै अवस्थिति ग्राण्ड रिगल होटलको मीजाइनिन फ्लोरमा रहेको ‘ अर्मानी एक्स लाउन्ज  एण्ड  बार’ले आयोजनाको घोषणा गरेको “लेजेण्ड्रि नाईट”मा प्रस्तुति दिन ब्यान्ड कतार आउन लागेको हो ।

नेपाली गित संगीत क्षेत्रको एउटा चहकिलो नक्षत्रका रुपमा चिनिने, नेपाली पप-गित दुनियाँको बादशाहा, नबिन के. भट्टराई र उनको ब्याण्ड पहिलो पटक कतार आउन लागेको हो। उनि कुशल गायक मात्र नभैकन अब्बल रचनाकार तथा संगीतकार पनि हुन्, उनका सिर्जनाहरु सदावहार एवंम् स्रोतहरु को मन मुटुमा बस्न सफल रहेका छन् । भट्टराई संगीतको साधक मात्र नभई संगीतको बिधार्थी पनि हुन्, उनले संगीत विधामा स्नातक सम्म गरेका छन्, नेपाली गित-संगीत जगतमा बिभिन्न विधाहरु मा अवार्ड तथा बिभुतिहरु बाट सम्मानित भई सकेका भट्टराईका आखामा तिमिलाई, तिमीलाई म दोबाटोमा, ए झरी, तिमिले हेर्दा, तिमि हौ लाखौ को धड्कन, खादै न खाएको बिषले, साँझपख,रात बित्यो, येही त हो माया, जस्ता दर्जनौं कर्णप्रिय गीतहरु नयाँ तथा पुराना पुस्तामा लोकप्रियताको शिखरमा रहेका छन् ।

कतारमा विभिन्न क्षेत्रमा ब्यबसाय गर्दै आएका स्थापित व्यवसायीका रुपमा चिनिने रमेश के.सी. ले सञ्चालनमा ल्याएको उक्त क्लबमा ब्यान्डले आगामी शुक्रबार अगष्ट २९ तारिक राति प्रस्तुति दिने छ । क्लबले यो भन्दा अगाडी नेपालका चर्चित एवं लोकप्रिय ब्याण्ड तथा कलाकारहरु ल्याएर  नेपाली इभेन्टहरुको आयोजना गरिसकेको छ ।

कार्यक्रमका लागि आन्तरिक ब्यबस्थापन तिब्र गतिमा भईरहेको र बाकी केहि दिन भित्र पूर्ण हुने क्लवका ब्यबस्थापक सुरज शर्मा अधिकारिले जानकारी दिए । शर्माले प्रवेश टिकट सोहि दिन काउन्टरमा पाईने तथा कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ६ बजेबाट खुल्ने र साँझ ८  बजेदेखि १२ बजेसम्ममा सांगीतिक प्रस्तुति  हुने बताए । कला, गीत, संगीतलाई माया गर्ने सबैलाई कार्यक्रममा उपस्थितिका लागि क्लब सञ्चालकले अनुरोध गरेका छन् । थप जानकारीका लागि कार्यक्रम संयोजकलाई ७०६६५६४४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha