
जेद्धा-गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, साउदी अरबद्वारा नेपाली महावाणिज्यदूतावास, जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत माननीय पारस पण्डितलाई सम्मानपूर्वक स्वागत गर्ने कार्यक्रम जेद्दामा सम्पन्न भएको छ।
१५ अगस्ट २०२५, शुक्रबार बेलुकी ५:०० बजे जेद्धास्थित लक्की दरबार रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराई, निवर्तमान अध्यक्ष नविना अर्याल, मध्यपूर्व संयोजक तथा नेपाल सरकारका साउदीका लागि पर्यटन दूत राजेन्द्र अर्याल, उपाध्यक्ष राजकुमार गिरी, उपाध्यक्ष विष्णु भण्डारी, युवा संयोजक पदम महत, महिला संयोजक लक्ष्मी थापा मगर, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, आरसीसी ताबुकबाट देवी बहादुर कार्की, आरसीसी पुर्बी क्षेत्र दमामबाट विष्णु भण्डारी, आरसीसी जिजान–आभा–खामिसबाट शखर पौडेल, आरसीसी जेद्दाबाट चिर्नन्जीवी बस्नेत, साथै नेपाली महावाणिज्यदूतावास, जेद्धाका श्रम सहचारी जिवन घिमिरे लगायत एनआरएनए पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य दिँदै वक्ताहरूले महावाणिज्यदूत पण्डितज्यूको आगमनलाई प्रवासी नेपालीहरूको आपसी सम्बन्ध, सहकार्य र एकतालाई अझ मजबुत बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे। साथै, उहाँको नेतृत्वमा महावाणिज्यदूतावासले प्रवासी नेपालीहरूको हकहित, अधिकारको संरक्षण र आवश्यक सेवाहरू अझ प्रभावकारी रूपमा प्रवाह गर्ने अपेक्षा व्यक्त गरियो। यस अवसरमा पर्यटन दूत राजेन्द्र अर्यालले पनि जेद्धा क्षेत्रमा महामहिमको आगमन भएकोमा खुशी प्रकट गर्नुभयो।
यसैगरी, नेपाली समुदायका तर्फबाट महावाणिज्यदूतावाससँग सहकार्य गर्दै सांस्कृतिक पहिचानको संरक्षण, सामाजिक एकताको मजबुती र पारस्परिक सहयोगका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउने दृढ प्रतिवद्धता व्यक्त गरियो।
नवनियुक्त महावाणिज्यदूत माननीय पारस पण्डितज्यूले पनि प्रवासी नेपालीहरूको हकहित, सुविधा र सेवामा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुका साथै एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिज्ञा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन एनसीसी उपाध्यक्ष राजकुमार गिरीले गर्नुभएको थियो भने कार्यक्रमको सभापति एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराई रहनुभएको थियो।
अध्यक्ष भट्टराईले सम्बोधन गर्दै “महावाणिज्यदूतावाससँग सहकार्य गर्दै प्रवासी नेपालीका समस्या समाधान र हितका लागि हातेमालो गर्दै अघि बढ्ने” प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका वक्ताहरूले महावाणिज्यदूत पण्डितज्यूको कार्यकाल सफल, परिणाममुखी र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।।।