सोमवार, अशोज २७, २०८२ | October 13, 2025

तिज विशेष कार्यक्रमका लागि देबी घर्ति मगर कतार आउदै !

तिज विशेष कार्यक्रमका लागि देबी घर्ति मगर कतार आउदै !

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • बिहिबार, साउन ३०, २०८२

  • 310
    Views
तिज विशेष कार्यक्रमका लागि देबी घर्ति मगर कतार आउदै !

दोहा, कतार : अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनले आयोजना गर्ने “तिज विशेष कार्यक्रम–२०२५” मा सांगीतिक प्रस्तुति दिन लोक तथा दोहोरी गायिका देवी घर्ती मगर कतार आउने भएकी छन् । कार्यक्रम भोलि शुक्रबार अर्थात् १५ तरिका दिन नज्मामा रहेको दि क्राउन प्लाजा सभाहलमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल गायिका मगरका “माया आउने बस”,”खोलि सलल”,”गुड्दै जाने रेल”,”मयाली”, “ए आमा” लगायतका दर्जनौ गितहरु लोकप्रियताका शिखरमा छन् ।

सैलुनकी सञ्चालिका तथा कार्यक्रम संयोजक आयुसा श्रेष्ठ खड्काले शुरुवाती दिनहरु मा सैलुनमा कार्यरत दिदि बहिनिहरु को मात्र जमघटमा मनाईने गरेता पनि पछिल्ला केहि वर्षहरु मा तिजका अबसरमा बृहत तिजका कार्यक्रमहरु गर्दै आएकी छन् । यस बर्ष भने नेपालबाट अथिति कलाकार बोलाएर, यो तिज अझै विशेष हुने एवंम् धेरै दिदीबहिनीहरु सहभागि रहने बताएकी छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम व्यावसायिक नभई परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै सम्झना,घर देशको जस्तै स्मरण बनाउन र कोहि चेलीबेटीलाई घर-देशको जस्तो न्यास्रो नहोस,भन्नका लागि एकै स्थानमा भेला भई हरितालिका तिज पर्व मनाउन लागिएको स्पष्ट पारिन् ।

तिज कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरु को पनि बेजोड प्रस्तुतिहरु रहने छ, गायकहरु इशान रेग्मी,किशोर लम्साल, सहित गायिकाद्वय रेश्मी सेन्चुरी र आन्या सहित अन्य कलाकारले प्रस्तुति दिनेछन् । कुशल कार्यक्रम सञ्चालक विजयराज अधिकारी र अनु बस्नेत सुवेदीले कार्यक्रम सहजीकरण गर्ने कार्यक्रमको सम्पूर्ण तयारि पूर्ण अबस्थामा पुगेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha