शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गरेको तीज कार्यक्रम तयारी अन्तिम अबस्थामा ।

प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गरेको तीज कार्यक्रम तयारी अन्तिम अबस्थामा ।

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • सोमवार, साउन २७, २०८२

  • 316
    Views
प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गरेको तीज कार्यक्रम तयारी अन्तिम अबस्थामा ।

दोहा कतार:नेपाली महिलाहरु को महान पर्ब हरितालिका अर्थात् तिजका अवसरमा यहि आउदो अगस्ट १५ तारिख बिहान ११ बजे देखि नाज्मा स्थित क्राउनप्लाजा होटलको सभाहलमा प्रवासी एकता मञ्च कतारद्वारा बृहत कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुति सहित शुभकामना -आदानप्रदान गरि यो पर्व मनाउन लागेको हो। विशेषता तिजको दिनमा महिलाहरु ले व्रत बसी दिन भर नाजगान तथा पुजा गर्ने र अघिल्लो दिन दरका रुपमा मिठो, मसिनो खाने चलन रही आएको छ । मञ्च कतारले परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै सम्झना,घर देशको जस्तै झल्को मेटाउन र कोहि चेलीबेटीलाई परदेशमा पनि न्यास्रो महशुस नहोस भनेर एकै स्थानमा भेला गराई हरितालिका तिज पर्व मनाउन लागेको हो।

हरेक वर्ष नेपालबाट कलाकारहरुलाई आमन्त्रित गर्दै आइरहेको मञ्च कतारले यसपाली कतारमा रहेर नेपाली कला सस्कृतीलाई जोगाउदै,कतारमा हुने विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट कला देखाउदै आइरहेका कलाकारहरुको विशेष तीजसंग आधारित साँस्कृतिक कार्यक्रम रहेको मञ्चका सचिव रुप रानाभाटले जानकारि गराए । बिभिन्न स्थानहरु वाट चेलीबेटीहरु लाई सहजाताका लागि यातायातको समेत व्यवस्था गरेको र कार्यक्रमको तयारि अन्तिम अबस्थामा पुगेको कार्यक्रम संयोजक राम कुमारी तामांगले जानकारी दिएकी छन् । उक्त कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक तथा सामाजिक संघ संस्था प्रमुखहरु,पत्रकार ,ब्यवसायी,कलाकार तथा साहित्यकारहरु, साथै कतारबासी सम्पुर्ण दाजुभाई तथा दिदि बहिनिहरुमा उपस्थितीको लागि मञ्च कतारका अध्यक्ष मो. मुक्तादा मुसलमानले अनुरोध गरेका छन।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha