
जेद्दा, साउदी अरब – लमजुङका वरिष्ठ समाजसेवी भीम गुरुङ र माया तमुको तीन दशक लामो साउदी बसाईपछि नेपाल फर्किने अवसरमा तमुधिं जेद्दाले ८ अगस्ट २०२५ मा जेद्दामा भव्य विदाई कार्यक्रम सम्पन्न गरेको छ।
तमुधिं जेद्दाका अध्यक्ष वेद तमुको सभापतित्व र नेपाली महावाणिज्यदूत पारस पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्रम सहचारी जीवन घिमिरे, विभिन्न संघ–संस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी तथा स्थानीय नेपाली दाजुभाइ–दिदीबहिनीहरू सहभागी थिए।
कार्यक्रममा संघ–संस्था, एनआरएनए र शुभचिन्तकहरूले दोसल्ला, खादा, प्रमाणपत्र तथा गिफ्टसहित सम्मान गरेका थिए। आफ्नो मन्तव्यमा भीम गुरुङले साउदीमा तीन दशक बिताउँदा सिकेका अनुभव, श्रमिक जीवनका चुनौती र अनुशासनको महत्वबारे प्रेरणादायी सन्देश दिएका थिए।
अतिथिहरूले उहाँको लामो समाजसेवा र योगदानको प्रशंसा गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे। कार्यक्रमको अन्त्यमा सांगीतिक प्रस्तुति र सामूहिक भोजनको व्यवस्था गरिएको थियो।