आइतवार, चैत्र १, २०८२ | March 15, 2026

शिष्टाचार भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

शिष्टाचार भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

  • देबी बहादुर सुतारकार्की -मध्यपुर्व संयोजक नबिन सञ्चार

  • आइतवार, साउन २६, २०८२

  • 331
    Views
शिष्टाचार भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

नबिन सञ्चार अभा – खमिस

साउदी अरबको अभा–खमिस क्षेत्रमा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबका निवर्तमान अध्यक्ष तथा हाल ICC सदस्यमा मनोनित श्रीमती रबिना अर्याल र NCC उपाध्यक्ष विष्णु प्रसाद भण्डारीलाई क्षेत्रीय समन्वय समिति (RCC) जिजान–अभा–खमिसले स्वागत गरेको छ।

खमिस मुशैतस्थित जुविली रेस्टुरेन्टमा आयोजित स्वागत कार्यक्रममा RCC अध्यक्ष शंकर पौडेल, संरक्षक लाल बहादुर मगर, उपाध्यक्ष सन्तोष परियार, सचिव डम्बर खड्का, कोषाध्यक्ष गणेश पुरी, सह–कोषाध्यक्ष सन्तोष सुनार, सल्लाहकार तुल्सी राम आचार्य, र सदस्यहरू भिम बयलकोटी, दिलबहादुर राना मगर, जीवन लिम्बु, किरण रम्तेल, हरि परियार लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा परिचयात्मक अभिवादन र सौहार्दपूर्ण भेटघाटसहित NRNA साउदी अरबको २०२३–२५ कार्यकालको समिक्षा तथा आगामी २०२५–२७ कार्यकालका लागि परस्पर सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

RCC जिजान–अभा–खमिसले कार्यक्रममा सहयोग गर्ने सबै महानुभावप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha