
यान्बु साउदी अरव – फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. बाट करिब २३ महिना अघि साउदीको इलाईट सपोर्टिङ कम्पनी एलएलसीमा आएका ११ नेपाली कर्मचारीहरू कम्पनी बन्द भएसँगै सम्पर्कविहीन भएका छन्। चार महिनादेखि यान्बुमा तलब नपाएर अलपत्र परेका यी नेपालीहरू अहिले अत्यन्तै कठिन परिस्थितिमा छन्।
काम गर्ने इकमाको म्याद सकिएको ८ महिना भइसक्दा पनि प्रहरीले कहिलेकाहीं थुन्ने र छाड्ने काम गरिरहेको छ। उनीहरू बस्ने आवासीय भवनमा बिजुली सेवा पनि अवरुद्ध छ।
“कसरी हुन्छ नेपाल फिर्ती हुन पाए हुन्थ्यो,” भनी पिडित सिराहा निवासी लव शाहाले पीडा सुनाएका छन्।
नेपाल म्यानपावर कम्पनीमा सम्पर्क गर्दा “भागेर काम गर्नुहोस्” भनी जवाफ आएको छ। महावाणिज्यदूतावास जेद्दामा सम्पर्क गर्दा यो समस्या नेपाली राजदूतावास रियाद क्षेत्रको भएकोले त्यहाँ सम्पर्क गर्न भनिएको छ। तर, राजदूतावासमा सम्पर्क गर्दा कल रिसिभ हुँदैन भन्ने समस्या पनि पिडितहरूले बताएका छन्।
अलपत्र परेका ११ नेपालीहरू यसप्रकार छन्:
- रेजिन गुरुङ (रुपन्देही)
- छम बहादुर राना (बागलुङ)
- सन्तोष यादव (सिराहा)
- लव शाहा (सिराहा)
- कुश शाहा (सिराहा)
- कमल सडाइ (सिराहा)
- बिनोद महरा (सिराहा)
- उमेश सहानी (सिराहा)
- आकाश कुमार चौधरी (सुनसरी)
- राहुल कुमार चौधरी (सुनसरी)
- राम धिरज बर्मा (बाके)
नेपाली सेवा समिति यान्बुको राहत सहयोग
८ अगस्ट शुक्रबार, नेपाली सेवा समिति यान्बु, साउदी अरबका कार्यकारी अध्यक्ष धन बहादुर गुरुङको नेतृत्वमा गएको टोलीले पिडितहरूको समस्या बुझ्दै तत्काल राहत स्वरूप निम्न सामग्रीहरू सहयोग गरेको छ:
- चामल ४० केजी
- आलु १० केजी
- तेल ५ लिटर
- चिकेन १० केजी
- पियाज ८ केजी
- नुन ३ डब्बा
- चिनी ५ केजी
- चियापत्ती ५०० पिस
- सर्फ १० केजी
- साबुन १२ वटा
- टुथपेस्ट ४ वटा
साथै, दुर्गा सारु मगर र रेशम आलेले नगद २०० र १०० साउदी रियल सहयोग गरेका छन्।
आवश्यक परेमा थप राहत सामग्री उपलब्ध गराउने र सम्बन्धित निकायसँग समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, नेपाली राजदूतावास रियाद, वाणिज्य दूतावास जेद्दा तथा साउदी अरबमा क्रियाशील विभिन्न संघ–संस्था र व्यक्तित्वहरूलाई पिडितहरूको सहयोगमा अग्रसर हुन हार्दिक अपिल गरिएको छ।