बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

साउदी अरबको खमिस मुशैतमा हरितालिका तिज विशेष तथा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

साउदी अरबको खमिस मुशैतमा हरितालिका तिज विशेष तथा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

  • देबी बहादुर सुतार कार्की मध्यपुर्व संयोजक – नवीन सन्चार,

  • बिहिबार, साउन २३, २०८२

  • 262
    Views
साउदी अरबको खमिस मुशैतमा हरितालिका तिज विशेष तथा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

खमिस मुशैत, साउदी अरब – हातेमालो प्रवासी नेपाली समूह आभा खमिस साउदी अरबको आयोजना तथा हिमालयन नेपाली रेष्टुरेण्टको सहकार्यमा नेपाली नारीहरूको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न हुने भएको छ।

गायक रेशम निर्दोष र गायिका मीना लामाको विशेष प्रस्तुति

कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरू – गायक रेशम निर्दोष र गायिका मीना लामा विशेष प्रस्तुति दिन साउदी अरब आउँदैछन्। साथै, कार्यक्रमलाई झनै उल्लासमय बनाउन स्थानीय प्रतिभाहरू वैदिक सनातन, हरि प्रसाद, एलपी जी आशिष, यम गैरे, रेवत अधिकारी लगायतको आकर्षक प्रस्तुति समेत समावेश गरिने आयोजकले जानकारी दिएका छन्।

📅 मिति: २२ अगष्ट २०२५, शुक्रबार
🕛 समय: मध्यान्ह १२:०० बजेबाट
📍 स्थान: कृष्टल हल, अल मोसा तन्दहा, खमिस मुशैत, साउदी अरब

उक्त कार्यक्रममा महिला दिदीबहिनीहरूका लागि दर खाने, सांस्कृतिक नृत्य तथा गीत–संगीतमार्फत नेपाली संस्कृतिको झल्को दिने विशेष तयारी गरिएको छ। खाडी मुलुकमा परिश्रमरत नेपाली समुदायलाई एकत्रित गर्ने र परम्परागत चाडपर्व मनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन आयोजकले अनुरोध गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha