शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

राजदूतावास रियादमा एनआरएनए साउदी अरब नवनिर्वाचित कार्यसमितिसँग साक्षात्कार सम्पन्न

राजदूतावास रियादमा एनआरएनए साउदी अरब नवनिर्वाचित कार्यसमितिसँग साक्षात्कार सम्पन्न

  • देबी बहादुर सुतार कार्की मध्यपुर्व संयोजक – नवीन सन्चार

  • सोमवार, साउन २०, २०८२

  • 503
    Views
राजदूतावास रियादमा एनआरएनए साउदी अरब नवनिर्वाचित कार्यसमितिसँग साक्षात्कार सम्पन्न

रियाद, साउदी अरब – नबिन सन्चार

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशनबाट २०२५/२७ कार्यकालका लागि निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास, रियादमा साक्षात्कार तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नव-निर्वाचित कार्यसमितिको नेतृत्व गर्दै अध्यक्ष उमेश भट्टराईको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम शुक्रवार, १ अगस्ट २०२५ का दिन राजदूतावास परिसरमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली राजदूतावास रियादका तर्फबाट

  • महामहिम राजदूत डा. नरेश विक्रम ढकाल,
  • नव-नियुक्त उपनियोग प्रमुख सृजना अधिकारी,
  • श्रम काउन्सिलर कविराज उप्रेती,
  • प्रथम सचिव टिका राम शर्मा,
  • द्वितीय सचिव अमर नेपाली,
  • तृतीय सचिवद्वय कमल कुँवर र दिनेश शिवाकोटी
    लगायत दूतावास परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।

साक्षात्कारका क्रममा महामहिम डा. ढकालले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिँदै आगामी दिनमा नेपाली समुदाय र श्रमिक हितमा दूतावासको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

श्रम काउन्सिलर उप्रेतीले श्रमिक सचेतना, श्रमिक अधिकार तथा सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी प्रभावकारी ढंगले सम्प्रेषण गर्न संघलाई विशेष भूमिका निर्वाह गर्न आग्रह गरे।

संघका अध्यक्ष उमेश भट्टराईले भने दूतावाससँग समन्वय गर्दै प्रवासी नेपालीका सामाजिक, श्रम र मानव अधिकारका पक्षमा सधैं सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हेम सुवेदी, उपाध्यक्ष मनिष कोईराला, विष्णु प्रसाद भण्डारी, महासचिव शुक्र मोक्तान, सचिव ध्रुवराज कटुवाल, सदस्यहरू काजिमान कन्दङ्वा, पूर्णबहादुर सुनार, आईसीसी सदस्यहरू रबिना अर्याल, अमृत घिसिङ, रामबहादुर लामा, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, आरसीसी रियाद अध्यक्ष जितेन्द्र थपलिया, पूर्वी क्षेत्र अध्यक्ष धनकुमार लामा, सचिव मित्रलाल बगाले, प्रवक्ता पुजा लामा, सल्लाहकार तथा किरात राई यायोख्य अध्यक्ष चित्रकुमार राई, अलकासिम क्षेत्रीय अध्यक्ष विनोद खड्का लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसै अवसरमा नव-नियुक्त उपनियोग प्रमुख सृजना अधिकारीलाई संघको तर्फबाट पुष्पगुच्छा सहित स्वागत गरिएको थियो!!


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha