
नवीन सन्चार रियाद
साउदी अरबमा चर्चित गायक रोम लामाको एकल सांगीतिक कार्यक्रम–२०२५ अत्यन्त सभ्य, भव्य र ऐतिहासिक रूपले सम्पन्न भएको छ। लामो समयदेखि नेपाली गीत–संगीतमा योगदान दिँदै आएका गायक लामा अहिलेको पुस्तामा राष्ट्रस्तरका बहुप्रशंसित कलाकारका रूपमा स्थापित छन्।
कार्यक्रममा साउदी अरबका लागि नेपाली महामहिम राजदूत डा. नरेश बिक्रम ढकालज्यूको प्रमुख आतिथ्यता, साथै गैरआवासीय नेपाली संघ (NRNA), विभिन्न संघ–संस्था, पत्रकार, व्यवसायी, बुद्धिजीवी वर्ग, र साउदीमा कार्यरत नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुती
कार्यक्रममा राष्ट्रस्तरका र स्थानिय चर्चित कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।।
गायन प्रस्तुतीमा:
- बिज्ञान राई, रबिन गिरी, डिबी लामा, रामप्रसाद बस्याल, तेम्बा वाइबा तामाङ र थियो।
- नृत्य प्रस्तुतीमा:
- रोहन परियार, पुजा लामा, मुश्कान शर्मा, कामना थापा मगर, र स्वस्तिका थापा मगर
🎼 संगीत वादनमा: - प्रख्यात बाँसुरी वादक राज यात्री
उक्त कलाकारहरूको सांगीतिक र सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई अत्यन्तै मनोरञ्जनात्मक बनाउनुका साथै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रम सञ्चालन गर्न पाउनु एक गौरवपूर्ण अवसर भएको उल्लेख गर्दै सञ्चालकले मुख्य गायक रोम लामाप्रति विशेष कृतज्ञता, साथै आयोजक संस्था एवं सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
सञ्चालनका क्रममा कुनै त्रुटि भएमा क्षमा याचना गर्दै, यस्ता अवसरहरूले सांस्कृतिक सेवामा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने अनुभूति पनि व्यक्त गर्नुभएको छ।