बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

दमाम–काठमाडौँ मार्गमा नेपाल एयरलाइन्सको नियमित उडान सेवा सञ्चालन

दमाम–काठमाडौँ मार्गमा नेपाल एयरलाइन्सको नियमित उडान सेवा सञ्चालन

  • Naveen Sanchar

  • शनिबार, साउन १८, २०८२

  • 485
    Views
दमाम–काठमाडौँ मार्गमा नेपाल एयरलाइन्सको नियमित उडान सेवा सञ्चालन

दमाम, साउदी अरब  नेपाली नागरिकहरूका लागि खुसीको खबर छ। नेपालकै एक मात्र राष्ट्रिय ध्वजाबाहक विमान सेवा प्रदायक नेपाल एयरलाइन्सले साउदी अरबको दमाम र नेपालको काठमाडौँ बीच साप्ताहिक तीन नियमित उडानहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ।

हाल प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान २:०० बजे दमामबाट काठमाडौँका लागि नेपाल एयरलाइन्सको उडान सेवा उपलब्ध रहेको छ। यस सेवाले साउदी अरबस्थित हजारौँ नेपालीलाई सहज र भरपर्दो यात्राको विकल्प प्रदान गर्दै आएको छ।

एयरलाइन्सका अनुसार यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै निम्न सेवाहरू उपलब्ध छन्:

🔹 ४० केजी चेक-इन लगेज र ७ केजी ह्याण्ड क्यारीको सुविधा

🔹 फ्लाइटमा स्वादिलो तातो खाना (फ्रीमा)

🔹 डेट चेञ्ज र पोष्टपोन्ड विकल्प

🔹 सिट सेलेक्शन सुविधा

🔹 प्रिपेड लगेज किन्न सकिने सुविधा

🔹 सहज रिफन्ड प्रक्रिया

नेपाल एयरलाइन्सले भनेको छ:

“विदेशमा रहेका नेपालीहरूप्रति हाम्रो दायित्व, सेवा र आत्मीयता कायम राख्ने हाम्रो प्रयास निरन्तर जारी रहनेछ।”

यो उडान सेवाले लामो समयदेखि साउदी अरबमा रहेर पसिना बगाइरहेका नेपालीहरूलाई मातृभूमिसँगको सम्बन्ध अझ नजिक बनाइदिएको छ। टिकट बुकिङ, सेवा वा अन्य जानकारीका लागि सम्बन्धित ट्राभल एजेन्सी वा नेपाल एयरलाइन्स कार्यालयमा सम्पर्क गर्न सकिने छ।

नेपाल एयरलाइन्स – तपाईंको यात्राको भरपर्दो साथी।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha