शनिबार, साउन १८, २०८२ | August 2, 2025

कतारमा NRNA को ११ औं अधिवेशन सम्पन्न, पदम गीरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

कतारमा NRNA को ११ औं अधिवेशन सम्पन्न, पदम गीरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

  • Naveen Sanchar

  • शुक्रबार, साउन १७, २०८२

  • 45
    Views
कतारमा NRNA को ११ औं अधिवेशन सम्पन्न, पदम गीरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

दोहा, कतार – [मिति]

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) कतारको ११ औं राष्ट्रिय अधिवेशन हिजो बिहीवार सम्पन्न भएको छ।

तनहुँ निवासी पदम गिरिको अध्यक्षतामा पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन आयुक्त कमल मणि गुरागाईंले घोषणा गरेका छन्।

उक्त अधिवेशन दोहास्थित नज्मा, गोर्खाली रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको थियो ।।

नवनिर्वाचित पदाधिकारीहरूको विवरणः

  • अध्यक्ष: पदम गीरी
  • प्रथम उपाध्यक्ष: रोशन अर्याल
  • द्वितीय उपाध्यक्ष: शुबास थापा
  • तृतीय उपाध्यक्ष: लिला राई
  • महिला उपाध्यक्ष: राम कुमारी तामाङ
  • युवा उपाध्यक्ष: टंक बहादुर वि.क.
  • महासचिव: शिव भुजेल
  • सचिवहरू:
    • खेमराज सुबेदी
    • ईसिलाल पण्डित
    • शंकरमान राई
  • कोषाध्यक्ष: प्रेम कुमार बस्नेत
  • सह–कोषाध्यक्ष: मो. आजाद मन्सुर
  • महिला संयोजक: अप्सना मिया
  • युवा संयोजक: छम बहादुर  चन्द

कार्यसमिति सदस्यहरू:

बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, मनिराज स्याङ्तान, मानसिंह बिक, किरण परियार, दिपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्री, प्रेम प्रकाश शाही, रबिन अधिकारी, श्याराम यादव, अर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन, युवराज पोख्रेल

लेखा समिति:

  • संयोजक: पदम बहादुर रानाभाट
  • सदस्यहरू: साजिद एकवल, हेमराज  रिजाल

ICC सदस्यहरू (अन्तर्राष्ट्रिय परिषद्):

  • झविन्द्र बेलबासे
  • ईश्वरराज पौडेल
  • शिव कुमार महतो
  • मिनराज वाग्ले

कार्यक्रमका निर्वाचन आयुक्त कमल मणि गुरागाईंले सर्वसम्मत निर्वाचन परिणाम घोषणा गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, शुभेच्छुक तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha