शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

NRNA Malta को नवौं अधिवेशन सम्पन्न, सत्य नारायण झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

NRNA Malta को नवौं अधिवेशन सम्पन्न, सत्य नारायण झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • Naveen Sanchar

  • शुक्रबार, साउन १७, २०८२

  • 292
    Views
NRNA Malta को नवौं अधिवेशन सम्पन्न, सत्य नारायण झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

माल्टा, –नबिन सन्चार

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाको २०२५–२०२७ कार्यकालका लागि नवौं अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनबाट सत्य नारायण झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएछ ।

निर्वाचन प्रक्रियामा प्रमुख अतिथिको रूपमा मानार्थ केन्द्रीय सदस्य तथा निर्वाचन सुपरिवेक्षक दिपक प्रसाद ओलीज्यू उपस्थित थिए। संयोजकले उहाँको अनुभव, धैर्यता र गहिरो दृष्टिकोणले निर्वाचन प्रक्रियालाई सन्तुलित, मर्यादित र सफल बनाएकोमा आभार प्रकट गरेका छन्।

त्यसैगरी, विशेष अतिथिका रूपमा सहभागी NRNA केन्द्रीय महिला संयोजक अनुजा प्रधानज्यूको प्रेरणादायी उपस्थिति र शुभकामना सन्देशले नयाँ टोलीलाई अझ ऊर्जा प्रदान गरेको बताइएको छ।

 

नवनिर्वाचित कार्यसमिति सूची:

  • अध्यक्ष: सत्य नारायण झा
  • ICC सदस्य: शंकर पोखरेल
  • उपाध्यक्षहरू: भुवन झा, राजु बिके, ललित पाण्डे, तेज बिक्रम खड्का, बिरोजंग पाण्डे
  • युवा उपाध्यक्ष: श्याम कुमार बस्नेत
  • महिला उपाध्यक्ष: प्रभा राई
  • महासचिव: भक्त बहादुर भण्डारी
  • उप–महासचिव: किरण बुढाथोकी
  • सचिवहरू: दिपक शाही ठकुरी, भरत अर्याल, किरण बश्याल
  • कोषाध्यक्ष: दिपेन्द्र कार्की
  • सह–कोषाध्यक्ष: रेशम बिके
  • युवा संयोजक: सुदीप बिके
  • महिला संयोजक: प्रतिभा शर्की
  • सदस्यहरू:
    सुर्य बहादुर थापा,
    सन्तोष अधिकारी,
    सुबास लमिछाने,
    दिर्घ सिंह गुरुङ,
    सुबास पुरी,
    प्रकाश बान्तवा,
    अरुण थेबे,
    दर्शन लिम्बु


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha