आइतवार, चैत्र २२, २०८२ | April 5, 2026

नागको पूजा–अर्चना गरी नाग पञ्चमी पर्व मनाइँदै

नागको पूजा–अर्चना गरी नाग पञ्चमी पर्व मनाइँदै

  • Naveen Sanchar

  • मङ्लबार, साउन १४, २०८२

  • 336
    Views
नागको पूजा–अर्चना गरी नाग पञ्चमी पर्व मनाइँदै

नविन सन्चार – विशेष रिपोर्ट

आज साउन शुक्ल पञ्चमीको पावन दिन, हिन्दू धर्मावलम्बीहरूले नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। यो पर्व प्रत्येक वर्ष साउन महिनाको शुक्ल पञ्चमीका दिन मनाउने परम्परा रहिआएको छ।

यस दिन घरको मूलढोकामा नागको चित्र टाँसी, नागको पूजा–अर्चना गरिन्छ। धार्मिक मान्यताअनुसार, घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभर सर्प, बिच्छी, र विषालु जीवबाट सुरक्षा, साथै अग्नि, चट्याङ र विपत्तिबाट बचाउ हुने विश्वास गरिन्छ।

वैदिक ग्रन्थहरू अनुसार, नागलाई सर्प जातिको राजा मानिन्छ। नाग रिसाएमा वर्षा नहुने तथा प्राकृतिक सन्तुलनमा समस्या आउने विश्वासले गर्दा, पानीको संरक्षणका लागि पनि नागलाई पूजा गर्ने परम्परा छ।

बराहपुराणमा उल्लेख भएअनुसार, आजको दिन नागराज र ब्रह्माबीच संवाद भएको जनाइएको छ। यही प्रसंगले गर्दा नाग पञ्चमीलाई धार्मिक रूपमा अझ महत्वपूर्ण मानिन्छ।

आजको दिन नागका आठ कूल, अर्थात्

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, र शङ्ख

लाई विशेष पूजाआजा गरी घरको ढोकामा टाँस्ने परम्परा छ।

धार्मिक विश्वास अनुसार आज:

  • खेतबारीमा खनजोत गर्न नहुने,
  • सर्पजातीका जीव मार्न निषेध,
  • नागको तस्बिर टाँस्नुपर्ने,
    आदि परम्पराहरू प्रचलित छन्।

देशभरका नागस्थान, नागदह, पोखरी र कुण्डहरूमा विशेष पूजाआजा गरिँदैछ।

काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी, ललितपुरको नागदहलगायत स्थानमा आज बिहानैदेखि भक्तजनको भीड लागेको देखिन्छ।

नागलाई दूध, दुबो, अक्षता, खीर र रोटी लगायतका परिकार चढाइन्छ।

वैज्ञानिक दृष्टिकोणले पनि सर्पजातीहरूले वातावरणमा रहेका विषालु तत्वलाई सन्तुलनमा राख्ने भूमिका निर्वाह गर्ने भएकाले, ऋषिमुनिहरूले नाग पूजालाई संरक्षणको संकेतका रूपमा स्वीकार गरेका हुन्।

यसैसँगै, नाग पञ्चमीको दिनलाई हिन्दू संस्कृति अनुसार चाडपर्वको शुरुवातको संकेतस्वरूप पनि मानिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha