बिहिबार, साउन १६, २०८२ | July 31, 2025

साउदी अरबको १५ वर्षे यात्रा – सम्झनाका सुनौला पाना

साउदी अरबको १५ वर्षे यात्रा – सम्झनाका सुनौला पाना

  • Naveen Sanchar

  • सोमवार, साउन ६, २०८२

  • 92
    Views
साउदी अरबको १५ वर्षे यात्रा – सम्झनाका सुनौला पाना

 

जीवनका १५ वर्ष…

सपना, संघर्ष, सम्भावना र सफलताको संगालो।

साउदी अरबमा बिताइएका ती अमूल्य पलहरू —

जहाँ पसिनाले भविष्य सिंचियो, सम्झनाले मन भिज्यो।

✈️ सन् २०१० तिरको त्यो पहिलो पाइला —

अनिश्चितता र आशाको दोभानबाट सुरु भएको यात्राले

आज १५ वर्षको एक सम्पूर्ण अध्याय पूरा गरिसक्यो।

साउदीका थुप्रै सहरहरू मेरा जीवनका सम्झनामा अंकित छन् —

📍 दमाम

📍 हाफुफ

📍 हाफल अल-बादेन

📍 रफा

📍 आरार

📍 साकाका

📍 गुरियात

📍 ताबर्जल

📍 तुरेफ

📍 ताबुक

📍 मक्का

📍 ताइफ

📍 हाइल

📍 जेद्दा, अलुला, दुबा, हागल…

…र अझ थुप्रै ठाउँहरू —

जहाँ केवल पाइला मात्र हैन, भावना, अनुभव र आशा पनि रोपिए।

प्रत्येक सहरमा थिए संघर्षका आफ्नै कथा,

प्रत्येक गल्लीमा गुन्जिए परिश्रमका गीत।

साथीहरूको साथ, नेपालीपनको सान,

र मनभित्र गहिरो गरी जरा गाडेको मातृभूमिको माया —

यी सबैले यो यात्रा असल अर्थमा अविस्मरणीय बनायो।

जहाँ जहाँ पुगेँ, त्यहाँ त्यहाँ बोकेँ नेपालको झझल्को —

संस्कार, भाषा, भेष र आत्मीयता।

आज पनि साउदी अरब —

मेरो संघर्षको माटो, कर्मको थलो,

र कर्तव्यको मन्दिर बनेर उभिएको छ्।

 

लेखक -देबी बहादुर कार्की  साउदी अरव

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha