शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

  • Naveen Sanchar

  • शनिबार, असार २८, २०८२

  • 350
    Views
झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

✍ – नविन सन्चार कुबेत

झापाली समाज कुवेतको छैठौं महाधिवेशन मङ्गाफस्थित डिलाइट हलमा कार्यवाहक अध्यक्ष श्री लिला पाण्डेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि कुवेतस्थित नेपाली दूतावासका तृतीय सचिव श्री राजेन्द्र प्रसाद जोशी तथा विशेष अतिथिका रूपमा एनआरएनए कुवेत अध्यक्ष श्री रणध्वज लामा, साथै कुवेतमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समाजका संरक्षक गोविन्द प्रसाद तिम्सिनाको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासचिव राम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले झापाली समाजको सामाजिक उत्तरदायित्व र सेवा भावको उच्च प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि श्री जोशीले कुवेतमा रहेका नेपालीहरूको हक–हितको पक्षमा दूतावास निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै, प्रवासमा पनि समाजसेवामा सक्रिय झापाली समाज लाई बधाई दिनु भयो ।

कार्यक्रममा मगर संघ कुवेत, तमु समाज कुवेत, र नेपाल–कुवेत सांस्कृतिक मञ्चका कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।

त्यसै अवसरमा समाजका संरक्षक गोविन्द प्रसाद तिम्सिनालाई समाजप्रतिको योगदानको कदरस्वरूप विशेष सम्मान गरिएको थियो।

यस अधिवेशनमा ११ जना नयाँ सदस्यले आजीवन सदस्यता ग्रहण गरेका छन ।

निर्वाचन समिति प्रमुख श्री लोमश बास्तोला र सदस्य सचिव श्री भुवन सुबेदीको संयोजनमा सम्पन्न निर्वाचनबाट २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ:

🔹 अध्यक्ष: लिला पाण्डे

🔹 महिला उपाध्यक्ष: कल्पना कार्की

🔹 उपाध्यक्षहरू: प्रेम कार्की, राजिब बान्तवा राई

🔹 महासचिव: राम न्यौपाने

🔹 सचिव: गोबिन्द न्यौपाने

🔹 कोषाध्यक्ष: गोबिन्द कार्की

🔹 प्रवक्ता: कान्ति प्रसाद अधिकारी

🔹 युवा संयोजक: सागर जंग क्षेत्री

🔹 महिला संयोजक: सुजता बस्नेत

🔹 सदस्यहरू:

सुनीता चूड़ाल, अम्बिका थापा, सितादेवी भण्डारी, नवराज बिमली, विजय धिमाल, मनिष भट्टराई, दिपेन लिम्बु, किरण लिम्बु, सुबास राई, बबिता बराइली, तिलमाया पोखरेल, अम्बिका ढकाल भुर्तेल, मणी अधिकारी, मनिका मुखिया, डिल्ली कुमार आर्याल, रामकुमारी राई, रत्न माया नेम्बाङ, बिन्दु अधिकारी, ईन्दिरा बिष्ट, नबिन धिमाल, उद्धब अधिकारी

समाजको एकता, सहभागिता र प्रतिबद्धताले प्रवासमा पनि नेपाली चेली–भाइबीच सशक्त सम्बन्ध स्थापित भइरहेको छ।

यस महाधिवेशनले नयाँ कार्यसमितिलाई थप ऊर्जाशील बनाउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha