आइतवार, चैत्र १, २०८२ | March 15, 2026

एनआरएनए साउदी अरवको दशौं महाधिवेशन २०२५-२७ का लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

एनआरएनए साउदी अरवको दशौं महाधिवेशन २०२५-२७ का लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

  • Naveen Sanchar

  • शुक्रबार, असार २७, २०८२

  • 465
    Views
एनआरएनए साउदी अरवको दशौं महाधिवेशन २०२५-२७ का लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

रियाद, साउदी अरेबिया नबिन संचार संवाददाता

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) साउदी अरेबियाले आगामी कार्यकाल २०२५–२०२७ का लागि आयोजना गर्न लागेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत विभिन्न पदहरूको लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरेको छ।

संघको विधानको दफा १३.१ अनुसार उम्मेदवारी आह्वान गरिएकोमा, निर्धारित समय १० जुलाई २०२५ भित्र प्राप्त उम्मेदवारहरूको नाम समेटिएको पहिलो सूची प्रकाशन गरिएको हो।

निर्वाचन समितिका अनुसार, उम्मेदवारी सूचीप्रति असहमति, दावी वा विरोध जनाउनु परेमा १२ जुलाई २०२५, साँझ ९:०० बजेभित्र आधिकारिक इमेल nccksaelection@gmail.com मा उजुरी पठाउन सकिनेछ। प्राप्त उजुरीहरूको छानबिनपछि अन्तिम उम्मेदवारी सूची प्रकाशन गरिने जनाइएको छ।

निर्वाचन समितिले उम्मेदवार, सदस्य तथा सरोकारवालाहरूलाई प्रक्रिया प्रतिको सम्मान गर्दै संयमता अपनाउन र लोकतान्त्रिक अभ्यासमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

🔹 महाधिवेशन २०२५ एनआरएनए साउदी अरेबियाको समावेशी नेतृत्व निर्माण, संस्थागत विकास, तथा प्रवासी नेपाली समुदायबीचको एकताको सशक्त माध्यमका रूपमा लिइएको छ्।

थप विवरणका लागि सम्पर्क:

निर्वाचन समिति – दशौं महाधिवेशन २०२५

📧 nccksaelection@gmail.com

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha