मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

साउदीअरबको अलकासीम, ताबुक र पूर्वी प्रान्त दम्माममा अस्थायी राहदानी शिविरहरू सफलतापूर्वक सम्पन्न

साउदीअरबको अलकासीम, ताबुक र पूर्वी प्रान्त दम्माममा अस्थायी राहदानी शिविरहरू सफलतापूर्वक सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, असार २७, २०८२

  • 161
    Views
साउदीअरबको अलकासीम, ताबुक र पूर्वी प्रान्त दम्माममा अस्थायी राहदानी शिविरहरू सफलतापूर्वक सम्पन्न

नबिन सन्चार – रियाद, साउदी अरब

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदीअरबको सहकार्यमा तथा नेपाली राजदूतावास, रियाद र महावाणिज्यदूतावास, जेद्धाको आयोजनामा साउदी अरबका विभिन्न तीन स्थानहरू — अलकासीम, ताबुक र पूर्वी प्रान्तको दम्माम मा आयोजित अस्थायी राहदानी शिविरहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

 २०२५ जुन २० (शुक्रबार)

 

  • अलकासीम: ५६८ जनाको विद्युतीय राहदानी फारम संकलन

  • ताबुक: ४५२ जनाको राहदानी फारम संकलन तथा २५ जनालाई राहदानी वितरण

 

 ४–५ जुलाई २०२५ – दम्माम (पूर्वी प्रान्त)

 

  • १,०७९ जनाको विद्युतीय राहदानी फारम संकलन

  • १,०८६ जनाको नविकृत राहदानी वितरण

  • ५० जनाको वहिर्गमन भिषाका लागि फारम संकलन

 

 कुल ३,२६० जना नेपालीहरूलाई प्रत्यक्ष सेवा प्रदान

उक्त शिविरहरू संचालनमा संलग्न रही अत्यन्त सहयोग पुर्‍याउनु हुने नेपाली नियोग (राजदूतावास र महावाणिज्य दूतावास) का राष्ट्रसेवक कर्मचारी, जनसम्पर्क अधिकारीहरू, गैरआवासीय नेपाली संघका विभिन्न तहका पदाधिकारी, तथा स्वयंसेवकहरू, साथै सामाजिक, जातीय, क्षेत्रीय तथा राजनीतिक संघसंस्थाहरूमा आवद्ध सबै पदाधिकारीहरूलाई संघले हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha