शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

साउदी अरबको आभा-खमिस क्षेत्रमा ६३४ राहदानी नवीकरण आवेदन संकलन

साउदी अरबको आभा-खमिस क्षेत्रमा ६३४ राहदानी नवीकरण आवेदन संकलन

  • Naveen Sanchar

  • आइतवार, असार २२, २०८२

  • 313
    Views
साउदी अरबको आभा-खमिस क्षेत्रमा ६३४ राहदानी नवीकरण आवेदन संकलन

आभा, साउदी अरब – जुलाई ४, २०२५

नेपाली महावाणिज्यदूतावास, जेद्दा साउदी अरबको आयोजनामा तथा गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जिजान–आभा–खमिस, हातेमालो प्रवासी नेपाली समूह आभा–खमिसको सहकार्यमा राहदानी नवीकरण आवेदन संकलन कार्यक्रम सफलता साथ सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत जिजान, आभा, खमिस, भिषा, अलनमज, अलबाहा, नजरान लगायतका क्षेत्रहरूमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै ६३४ राहदानी नवीकरण आवेदन संकलन गरिएको हो।

नेपाली सेवाग्राहीहरूलाई थप सहजता र सुविधा प्रदान गर्न २०० भन्दा बढी फारमहरूको फोटोकपी सेवा नि:शुल्क रूपमा हातेमालो समूहद्वारा उपलब्ध गराइएको थियो।

राहदानी संकलन प्रक्रिया सफल बनाउन महावाणिज्यदूतावासको टोलीको सक्रिय सहभागिता, हातेमालो समूहको सशक्त समन्वय, तथा अन्य सामाजिक संस्थाहरूको उल्लेखनीय सहयोग रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha