शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

राजदूत वाग्ले र बहराइन गृहमन्त्रालयका सचिवबीच शिष्टाचार भेट

राजदूत वाग्ले र बहराइन गृहमन्त्रालयका सचिवबीच शिष्टाचार भेट

  • Naveen Sanchar

  • मङ्लबार, असार १७, २०८२

  • 209
    Views
राजदूत वाग्ले र बहराइन गृहमन्त्रालयका सचिवबीच शिष्टाचार भेट

मनामा, बहराइन

नेपालका लागि बहराइनस्थित राजदूत श्री तीर्थराज वाग्लेले यही १ जुलाई २०२५ मा बहराइन अधिराज्यको गृहमन्त्रालयका सचिव शेख नासेर बिन अब्दुलरहमान अल खालिफासँग शिष्टाचार भेट गर्नुभयो।

उक्त भेटका क्रममा नेपाल–बहराइन द्विपक्षीय सम्बन्ध अभिवृद्धि, श्रमिक कल्याण, कन्सुलर सेवा सहजता, तथा पर्यटन प्रवर्द्धन जस्ता विषयहरूमा विचार–विमर्श गरिएको थियो। दुबै पक्षले आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेटवार्ताको क्रममा राजदूत वाग्लेले बहराइनमा रहेका नेपाली कामदारहरूको हित र सुरक्षाको विषयमा जोड दिनुभएको थियो भने सचिव अल खालिफाले बहराइन सरकार नेपाली समुदायप्रति सकारात्मक रहेको कुरा उल्लेख गर्नुभएको थियो।

उक्त भेटले नेपाल–बहराइन सम्बन्धमा नयाँ उत्साह र सम्भावना थप्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha