
रियाद, साउदी अरब – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन यही आउँदो १८ जुलाई २०२५, शुक्रवार का दिन रियादमा हुने भएको छ।
महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यले संघले आवश्यक तयारीहरू तीव्र पार्दै आएको छ। कार्यक्रममा चर्चित सेलो गायिका जितु लोप्चनको विशेष सांगीतिक प्रस्तुति पनि समावेश गरिने भएको छ, जसले कार्यक्रममा थप उत्साह र आकर्षण ल्याउने विश्वास गरिएको छ।
संघले साउदी अरबमा क्रियाशील विभिन्न नेपाली संघसंस्था, समाजसेवी समूहहरू तथा राजनीतिक-सामाजिक नेतृत्वहरूलाई सो दिन रियाद प्रान्तमा अन्य कार्यक्रमहरू नराखी महाधिवेशन सफल बनाउन सहयोग गर्न हार्दिक अपील गरेको छ।
कार्यक्रमको प्रवेश निःशुल्क रहनेछ र साउदी भरिका नेपाली समुदायका लागि खुला रहने जानकारी दिइएको छ। संघले विशेषतः रियाद आसपास रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थित भइ सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेको छ।
महाधिवेशनको विवरण यसप्रकार छ:
▪️ मिति: शुक्रवार, १८ जुलाई २०२५
▪️ समय: मध्यान्ह १२:०० देखि साँझ ७:०० बजेसम्म
▪️ स्थान: Exit-13, खुरेस रोड, फासदौरी नजिकै, रियाद
संघले उल्लेख गरे अनुसार, महाधिवेशनमा नयाँ कार्यसमिति चयन, विगतको समीक्षा, भावी कार्यदिशा, नीति निर्माण तथा प्रवासी नेपालीहरूको हित सम्बन्धी विषयहरूमा छलफल गरिनेछ ।
सम्पर्क तथा थप जानकारीका लागि:
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद
साउदी अरब