शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

बहराइनमा रहेका नेपालीहरूलाई राजदूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

बहराइनमा रहेका नेपालीहरूलाई राजदूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

  • Naveen Sanchar

  • आइतवार, असार ८, २०८२

  • 225
    Views
बहराइनमा रहेका नेपालीहरूलाई राजदूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

मनामा, बहराइन

हालै मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्थासँग सम्बन्धित घटनाक्रमको पृष्ठभूमिमा बहराइनस्थित नेपाली राजदूतावासले बहराइनमा रहेका नेपाली नागरिकहरूलाई सतर्क र सुसूचित रहनुहुन आग्रह गरेको छ।

राजदूतावासले एक विज्ञप्ति जारी गर्दै बहराइन सरकारका सुरक्षा निकायहरूद्वारा जारी निर्देशनहरूमा विशेष ध्यान दिनु, आधिकारिक सूचना अनुसार मात्र निर्णय लिनु तथा अफवाहबाट जोगिनु पर्ने स्पष्ट पारेको छ।

कम्पनीका सुरक्षा निर्देश र सरकारी एपको प्रयोग गर्न अनुरोध

राजदूतावासले नेपाली श्रमिकहरूलाई आ-आफ्ना कम्पनी/संस्थाबाट जारी हुने सुरक्षा सम्बन्धी निर्देशनहरू पनि बुझ्न र पालना गर्न अनुरोध गरेको छ।

साथै, बहराइन सरकारले सञ्चालनमा ल्याएको “MyGov” मोबाइल एप डाउनलोड गरी त्यसमा रहेको “Siren Alert Feature” सक्रिय गर्न आग्रह गरिएको छ।

🔗 एप डाउनलोड लिंक: http://bahrain.bh/apps

त्यसैगरी, बहराइनको National Civil Protection Platform (NCPP) मार्फत पनि समयसापेक्ष सुरक्षा सूचना प्राप्त गर्न सकिनेछ।

🔗 https://www.ncpp.gov.bh/en/

आवश्यक परेमा यी माध्यमहरूबाट सम्पर्क गर्न सकिनेछ:

📱 WhatsApp: +973-33394103

📞 Mobile: +973-36859349 / +973-33959611

📧 Email: eonbahrain@gmail.com | eonbahrain.labour@gmail.com

राजदूतावासले सबै नेपालीहरूलाई संयमित र जिम्मेवार व्यवहार देखाउन, नकारात्मक प्रचार–प्रसारबाट टाढा रहन र सुरक्षित बसोबास सुनिश्चित गर्न अन्तिम अपिल गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha