बुधबार, असार १८, २०८२ | July 2, 2025

अलकासिम बुरैदामा राहदानी नविकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न

अलकासिम बुरैदामा राहदानी नविकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, असार ८, २०८२

  • 79
    Views
अलकासिम बुरैदामा राहदानी नविकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न

अलकासिम, साउदी अरब

नेपाली राजदूतावास रियाद तथा गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, अलकासिमको सहकार्यमा अलकासिमको बुरैदा शहरमा राहदानी नविकरणको घुम्ती सेवा सफलतापूर्वक सम्पन्न गरिएको छ।

२०२५ जुन २० तारिखका दिन सम्पन्न सो कार्यक्रममा राहदानी नविकरण फाराम संकलन, नविकृत राहदानी वितरण, ट्राभल डकुमेन्ट लगायतका विविध सेवा–सुविधाहरू प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरीको नेतृत्वमा प्रथम सचिव टिकाराम शर्मा, द्वितीय सचिव कमल कुँवर तथा स्थानीय कर्मचारीहरू डेबिड महर्जन, अजय दंगाल, हेमन्त आचार्य, सरोज अधिकारी, अब्दुल्ला राई, धु्रव तिमिल्सिना र राजकुमार कंडेललगायतको टोलीले सेवा प्रदान गरेका थिए।

राहदानी सेवा लिनका लागि अलकासिम, अनैजा, हायल, जुल्फी लगायत आसपासका क्षेत्रमा कार्यरत विभिन्न कम्पनीका करिब ५६८ जना नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

राजदूतावास रियादद्वारा राहदानी नविकरणको लागि अनिवार्य गरिएको Pre-enrollment फारामको प्रक्रिया सेवा–ग्राही आफैंले पूरा गर्नुपर्ने भएकाले पहुँच नभएका श्रमिकहरूलाई सहयोग गर्न NRNA का पदाधिकारीहरूले पूर्व सूचनादेखि नै प्रचारप्रसार गरी फाराम भरिदिने कार्य निःशुल्क रूपमा सञ्चालन गरेका थिए।

बिहीवार साँझ बुरैदामा उपस्थित भएर शुक्रबार बिहान ७:०० बजेबाट साँझ ६:०० बजेसम्म निरन्तर सेवा सञ्चालन गरिएको थियो। यस कार्यमा राजदूतावासको टोलीसँगै NRNA साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव धुर्व कटुवाल, सदस्य काजीमान कन्डङ्वा, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य बिशाल श्रेष्ठ, अलकासिम RCC का अध्यक्ष बिनोद खड्का, निवर्तमान अध्यक्ष कृष्ण अधिकारीलगायतको महत्वपूर्ण भूमिका रहेको थियो।

राहदानी नविकरण गर्न रियादसम्म यात्रा गर्नुपर्ने बाध्यता हटेकोमा सेवाग्राहीहरू अत्यन्त खुसी देखिएका थिए। नेपाली राजदूतावास तथा NRNA साउदीका प्रतिनिधिहरूले NRNA टिमको आत्मीयता र निस्वार्थ सेवा भावको खुलेर प्रशंसा गरेका थिए।

कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण राजदूतावास टोली, NRNA पदाधिकारी, संघ–संस्थाका प्रतिनिधिहरू तथा स्वयम्सेवीहरूप्रति NRNA अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले हार्दिक आभार प्रकट गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha