आइतवार, चैत्र १, २०८२ | March 15, 2026

ताबुकमा राहदानी नवीकरण र वितरण सेवा सफलतापूर्वक सम्पन्न

ताबुकमा राहदानी नवीकरण र वितरण सेवा सफलतापूर्वक सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, असार ७, २०८२

  • 191
    Views
ताबुकमा राहदानी नवीकरण र वितरण सेवा सफलतापूर्वक सम्पन्न

देबी बहादुर कार्की ताबुक,साउदी अरब

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति (NRNA-RCC) ताबुकको समन्वय तथा नेपाली महाबाणिज्यदूतावास, जेद्दाको आयोजनामा ताबुकमा सम्पन्न एक दिने अस्थायी राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरमार्फत ४५२ जना नेपाली नागरिकको राहदानी नवीकरणको लागि फारम सङ्कलन तथा २५ जनालाई नवीकृत राहदानी वितरण गरिएको छ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै साप्ताहिक बिदाको दिनसमेत कार्यान्वयन गरिएको यस शिविरले प्रवासी नेपाली श्रमिकहरूका लागि सहज र प्रभावकारी सेवा प्रदान गरेको छ।

🔹 उपस्थित महाबाणिज्यदूतावास टोली:

  • श्री सुजन वाग्ले
  • श्री दिनेश पण्डित
  • श्री राजु बास्कोटा
  • श्री तेज उपाध्याय

🤝 सहजीकरण तथा सहयोग:

  • श्री अर्जुन थापा – सल्लाहकार, NRNA NCC साउदी
  • श्री युवराज पोखरेल – सदस्य, NRNA NCC साउदी
  • श्री भक्त बहादुर हमाल – सल्लाहकार, NRNA RCC ताबुक
  • श्री नर बहादुर खतिवडा – अध्यक्ष, RCC ताबुक
  • श्री ओम थापा – उपाध्यक्ष
  • श्री बुद्धि प्रसाद बास्तोला – सचिव
  • श्री दीपक कार्की – कोषाध्यक्ष
  • श्री शक्ति भट्ट – प्रवक्ता
  • श्री आइ. बी. गुरुङ – सदस्य

👥 सक्रिय स्वयंसेवक तथा सदस्यहरू:

  • श्री राजेश सेर्पाली
  • श्री सुमन कार्की
  • श्री विकास झा
  • श्री पवन मगर
  • श्री रेशम श्रेष्ठ
  • श्री नाम ब. बिक
  • श्री समन्त अधिकारी
  • श्री सुबास बुढाथोकी
  • श्री नविन लोप्चन
  • श्री प्रेम घिमिरे
  • मिलन सुनुवार

उक्त शिविरको सफलताले प्रवासी नेपाली समुदायबीच संस्थागत सहकार्य, दूतावासको सक्रिय उपस्थिति र समुदायको एकताको प्रतिविम्ब प्रस्तुत गरेको छ।

भविष्यमा पनि यस्ता सेवा निरन्तर चलिरहुन् भन्ने आशाका साथ सम्पूर्ण सेवाग्राहीको तर्फबाट आयोजक, दूतावास प्रतिनिधि र स्वयंसेवकहरूलाई हार्दिक आभार प्रकट गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha