आइतवार, फाल्गुन १०, २०८२ | February 22, 2026

एनआरएनए एनसीसी साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन १८ जुलाईमा रियादमा हुने

एनआरएनए एनसीसी साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन १८ जुलाईमा रियादमा हुने

  • Naveen Sanchar

  • बुधबार, असार ४, २०८२

  • 345
    Views
एनआरएनए एनसीसी साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन १८ जुलाईमा रियादमा हुने

रियाद, साउदी अरब – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन आगामी १८ जुलाई २०२५, शुक्रबारका दिन रियादमा हुने भएको छ।

यस सम्बन्धमा मिति १४ जुन २०२५, शनिबार का दिन सम्पन्न परिषदको छैठौँ नियमित तथा पूर्ण बैठकले निर्वाचन समिति गठन गर्दै महाधिवेशनको मिति र स्थान तोकेको हो। महाधिवेशनमा साउदी अरबमा रहनुहुने सम्पूर्ण नेपाली समुदायको उपस्थितिलाई प्रोत्साहित गर्दै संघले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन आह्वान गरेको छ।

महाधिवेशनलाई सुचारु गर्न गठित निर्वाचन समितिमा राम बहादुर क्षेत्री संयोजक रहनेछन् भने सदस्यमा भीम गुरुङ र दिनेश न्यौपाने रहनेछन्।

यसैबीच, संघको आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्यता वितरण पनि सुरु गरिएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC), नेपाल बाट प्राप्त निर्देशनअनुसार २५ जुन २०२५ सम्म सदस्यता वितरण गरिनेछ। संघले समयमै पञ्जिकृत सदस्यता लिई निर्वाचन प्रक्रियामा सहभागी हुन सउदी अरबमा रहेका सबै नेपालीलाई आग्रह गरेको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबले यो महाधिवेशनलाई सशक्त, समावेशी र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha