आइतवार, चैत्र १, २०८२ | March 15, 2026

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, जेष्ठ ३२, २०८२

  • 361
    Views
गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न

देवी बहादुर सुतार कार्की रियाद, साउदी अरेबिया

गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति (RCC) रियादको दोस्रो अधिबेशन यही असार १ गते शुक्रबारको दिन, सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा NRNA ICC, NCC, र RCC का उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै नेपाली दूतावास, रियादका तर्फबाट प्रथम सचिव श्री टोप नारायण गिरी ज्यूको विशेष सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न भातृ संगठनहरू, संघसंस्थाहरू, पत्रकार साथीहरू, र समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

गत कार्यकालको कार्यक्रममा 2023–2025 कार्यकालका अध्यक्ष महेश घिमिरेको नेतृत्वमा सम्पन्न सफल कार्यकालको समीक्षा गरिँदै, सबै पदाधिकारीहरूप्रति आभार व्यक्त गरिएको थियो। उहाँहरूको समर्पण र नेतृत्वले RCC रियादलाई मजबुत बनाएकोछ ।

नयाँ नेतृत्वको चयन

२०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ। निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै, नयाँ कार्यकालमा सफल र उत्तरदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

नव-निर्वाचित कार्यसमिति (2025–2027):

  • अध्यक्ष: जितेन्द्र थपलिया
  • उपाध्यक्ष: राजु बराल
  • सचिव: देवेन्द्र विश्वकर्मा
  • सह–सचिव: अभिषेक खरेल
  • कोषाध्यक्ष: मिनप्रसाद अधिकारी
  • सह–कोषाध्यक्ष: तुलसी दवाल
  • प्रवक्ता: प्रधून्न तिमल्सिना

सदस्यहरू:

जगजीवन राम, नरेश महरा, मुस्कान शर्मा, बमबहादुर सार्की, धीरज बिक, रोशन बस्नेत, कृष्णमाया हुमागाई, अनिल राणाभाट, मनोज भारती, गोपालप्रसाद आचार्य, रोशनी श्रेष्ठ निर्वाचित हुनु भएको छ!!

अधिवेशनकै दिन, नव निर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको थियो। बैठकले निम्न सल्लाहकार समिति चयन गरेको छ्।

  • महेश घिमिरे – प्रमुख सल्लाहकार
  • अमृत घिसिङ – सल्लाहकार
  • नारायण श्रेष्ठ – सल्लाहकार
  • नेत्र पराजुली – सल्लाहकार
  • अमर सापकोटा – सल्लाहकार

आगामी प्रतिबद्धता नव–निर्वाचित नेतृत्वले प्रवासी नेपाली श्रमिकहरूको हक–हित, अधिकार र सेवाका लागि NRNA, नेपाली दूतावास, भातृ संगठनहरू र अन्य संघसंस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha