आइतवार, फाल्गुन १०, २०८२ | February 22, 2026

एनआरएनए आरसिसी जेद्दाको ९औं महाधिवेशन सम्पन्न, दण्डपाणी अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

एनआरएनए आरसिसी जेद्दाको ९औं महाधिवेशन सम्पन्न, दण्डपाणी अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • Naveen Sanchar

  • मङ्लबार, जेष्ठ २८, २०८२

  • 243
    Views
एनआरएनए आरसिसी जेद्दाको ९औं महाधिवेशन सम्पन्न, दण्डपाणी अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

देवी बहादुर सुतार कार्की जेद्दा, साउदी अरेबिया –

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति (आरसिसी) जेद्दाको ९औं महाधिवेशन गत शुक्रबार सम्पन्न भएको छ। जेद्दाको सरेफिया स्थित लक्की दरबार होटेलमा सम्पन्न अधिवेशनले दण्डपाणी अर्यालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको हो।

महाधिवेशनमा एनआरएनए साउदी अरेबियाको नेतृत्वमा अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको प्रमुख निर्वाचन आयुक्त राजकुमार गिरीले जानकारी दिएका छन्। उनले निर्वाचन प्रक्रियामा सहयोग पुर्‍याउने सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकप्रति आभार व्यक्त गरेका छन्।

नव-निर्वाचित कार्यसमितिको पूर्ण नामावली यस प्रकार छ:

  1. दण्डपाणी अर्याल – अध्यक्ष
  2. चिरञ्जीवी बस्नेत – उपाध्यक्ष
  3. देवराज अर्याल – सचिव
  4. कृष्ण कुमार थापा – सह-सचिव
  5. लक्ष्मण रोकाया – कोषाध्यक्ष
  6. मोहनराज गुरुङ – सह-कोषाध्यक्ष
  7. सन्तोष खड्का – सदस्य
  8. प्रितम खड्का – सदस्य
  9. गोबिन्द बहादुर दियाल – सदस्य

नयाँ कार्यसमितिलाई एनआरएनए जेद्दा तथा साउदी अरेबियामा कार्यरत नेपाली समुदायले शुभकामना र बधाई दिएका छन्। समितिको नेतृत्वमा आगामी दिनहरूमा सामाजिक, साँस्कृतिक र सहकार्यमा आधारित कार्यक्रमहरू अघि बढाउने अपेक्षा गरिएको छ।

महाधिवेशनमा साउदी अरेबियाका विभिन्न क्षेत्रबाट प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले एनआरएनए जेद्दाको सांगठनिक सुदृढीकरण तथा प्रवासी नेपालीहरूको हितमा योगदान पुर्‍याउने विश्वास लिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha