
नवीनसञ्चार सम्वादाता, काठमाडौँ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २९ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको छ ।
इन्सेकले फागुन ७ गते सार्वजनिक गरेको सन् २०२४ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना र पीडितको तथ्य र तथ्याङ्क समेटेर तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ अनुसार नेपालमा हरेक दिन २९ जनाभन्दा बढी पीडित भएका उल्लेख छ ।
इन्सेकले सन् २०२४ मा नेपालमा कुल १० हजार ७ सय ३४ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको हो । यसलाई दिनाङ्कमा गणना गर्ने हो भने २९.४० जना पीडित भएका देखिन्छ ।
इन्सेकका अनुसार, यो एक वर्षमा राज्य पक्षबाट एक जना र अन्य पक्षबाट २ सय ६५ जनाको हत्या भएको छ ।