सोमवार, भदौ २९, २०८३ | September 14, 2026

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 255
    Views
हार्दिक निमन्त्रणा
आदरणीय कतारमा स्थापित गैर आवासीय नेपाली संघ प्रमुखज्यु, वैचारिक संस्थाका प्रमुखज्युहरु, नेपाली महिला समाज कातार अध्यक्षज्यु, नेपाल आदिवासी जनजाती महासंघका प्रमुखज्यु, राष्ट्रिय लोक दोहोरि गीत प्रतिष्ठान नेपाल कतार शाखाका प्रमुखज्यु, पत्रकार महासंघका प्रमुखज्यु, सातै प्रदेश समन्वय परिषदका प्रमुखज्यु हरु, दलित एकता संजालका प्रमुखज्यु, मातृ संस्थाका प्रमुखज्युहरु, जिल्ला संस्थाका प्रमुखज्युहरु समाजसेवी, सामाजिक व्यक्तित्व, व्यावसायी, साहित्यकार तथा विभिन्न कला क्षेत्रमा लाग्नु भएका कलाकारज्युहरु र कतारमा स्थापित अन्य संघ संस्थाका प्रमुखज्युहरु सबैमा नमस्कार टक्र्याउँदछौँ स्वीकार्नु होला ।
“सम्पुर्ण झापाली एक हौँ देश निर्माणमा एक बनौँ” भन्ने मुल नारा सहित सन् २००४ मा स्थापना भएको झापाली समाज कतारले तपशिलको मिति समय र स्थानमा समाजको “११ औँ अधिवेशन तथा विविध सास्कृतिक कार्यक्रम २०२५” को आयोजना हुने सहर्ष जानकारी गराउदै उक्त कार्यक्रम भब्य रुपले सम्पन्न गर्न कतारलाई कर्म थलो बनाई बस्नु हुने सम्पुर्ण झापाली तथा गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितीको लागी हार्दीक निमन्त्रणा गर्दछौं।
तपशिल
मिति : २१ फेबुअरी २०२५
समय : बिहान ११ बजे देखि
स्थान : वेल फेयर रेष्टुरेण्ट, ग्राण्डमल, प्लाजा
। धन्यबाद ।
बिमल भारती
का.वा. महासचिव
झापाली समाज कतार JSQ परिवार


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha