शनिबार, माघ १८, २०८२ | January 31, 2026

रुसमा पुन श्रम स्वीकृति खुला गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

रुसमा पुन श्रम स्वीकृति खुला गर्न एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 133
    Views
रुसमा पुन श्रम स्वीकृति खुला गर्न  एनआरएनएद्वारा नेपाल सरकारको ध्यानाकर्षण
नवीनसञ्चार सम्वाददाता, काठमाडौँ ।
गैरआवासीय नेपाली संघले रुसमा पुन श्रम स्वीकृति खल्ुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपालीहरु अवैधानिक रुपमा सेनामा भर्ति भएको लगायतका कारण देखाई यसअघि सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएपनि सरकारले पुनः चैत २० गते मंगलबारबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री  अर्यालसँग मन्त्रालयमा भेटघाट गरेको हो । भेटमा अध्यक्ष डा केसी कुनैपनि कुरामा समस्या आउनासाथ त्यसमा प्रतिबन्ध लगाउने भन्द्यापनि त्यसलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने भन्दै श्रम स्वीकृति खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो । जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत मात्रै विषय मात्रै नभई  समग्र राज्य सरोकारको विषय भएकोले सरकारले  यथेचित रुपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha