
नवीनसञ्चार अल-कासिम साउदी अरब
गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल-कासिमको १०औं बार्षिक उत्सव तथा बकर इदको शुभकामना आदान प्रदान कार्यक्रम मिति ७ जुन २०२४ का दिन भव्यताका साथ बुरेदा अल-कासिममा सम्पन्न भएको छ।
नेपाली राजदूतावास रियादका नियोग उप-प्रमुख डमरु बल्लब पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा, एनआरएन आइसीसी निवर्तमान महिला उपाध्यक्ष यासमिन बेगम सैयद तथा एनआरएन आइसीसी सदस्य तथा नेपाली राजदूतावास रियादका अलकासिम अवैतनिक प्रतिनिधी बिशाल कुमार श्रेष्ठ बरिष्ट अतिथी हुनु हुन्थ्यो । यसै गरी अतिथीहरुमा एनआरएन साउदी अरबका संस्थापक तथा पुर्व संरक्षक राजु सैयद , एनआरएनए एनसीसी साउदीका उपाध्यक्ष मनिष कोइराला ,एनआरएनए एनसीसी साउदी का पुर्व युवा संयोजक तथा एनआरएनए आरसीसी अलकासिमका प्रमुख सल्लाहकार राज कुमार श्रेष्ठ , एनआरएनए एनसीसी साउदीका सचिव तथा एनआरएनए आरसीसी अलकासिमका सल्लाहकार धुर्व कटुवाल , एनआरएनए एनसीसी साउदीका सदस्य काजीमान कन्दवा, इस्लामिक सेन्टर बुरैदाका धर्म गुरु अली उर्सिन मिया , प्रवासी नेपाली मन्च अलकासिमका क्षेत्रिय अध्यक्ष भक्तबिर राई , नेपाली साझा मन्च साउदी अरबका प्रतिनिधि नेत्र न्यौपाने , साउदी एयरलायन्स प्रबन्धक तारा शर्मा , देवराज पंगेनी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधी , राजनितिक दलका भातृ संगठनका प्रतिनिधी,मिडिया कर्मी, समाजसेवी ज्यु हरुको बाक्ले उपस्थिती थियो।
राष्ट्रिय गान बजाएर सुरु गरिएको यस कार्यक्रमा प्रमुख अतिथी ज्यु बाट १० औं बार्षिक उत्सवको केक काटेर उद्धाटन गरिएको थियो भने आरसीसी अलकासिमका सचिव सिद्धि लाल श्रेष्ठ द्वारा बार्षिक प्रतिबेदन, सह कोषाध्यक्ष राज पौडेल द्वारा आर्थिक प्रतिबेदन पेश गरिएको । कार्यक्रममा अतिथी ज्युहरुबाट आरसीसी अलकासिमको १० औ बर्षिक उत्सव तथा बकर इदको शुभकामना मन्तव्य साथमा इदको महत्त्व ,अलकासिममा नेपाली श्रमिकहरुले भोगिरहेको समस्याहरु र समाधानका उपायहरुको बारेमा आफ्ना कुराहरु राख्नु भएको थियो भने बिशिष्ट अतिथी श्रीमती यासमिन बेगम सैयद ज्यु बाट आरसीसी अलकासिमले गर्दै आएका कार्यहरुको प्रसंशा गर्दै एनआरएन साउदी अरबको स्थापना कसरी भयो र अहिले यस संस्थामा भइ रहेका सकारात्मक कार्यहरुको प्रसंशा र नकारात्मक कुराहरुलाई सुधार गरेर जानु पर्न सुझाब दिनु भएको थियो त्यसैगरी प्रमुख अतिथी डा.डमरु बल्लब पौडेल द्वारा नेपाली राजदूतावास रियाद र आरसीसी अलकासिमको सह-कार्यमा नेपाली श्रमिकहरुको हितमा भएका कार्यहरुको प्रशंसाका साथ भविष्यमा यस्ता कार्यक्रमहरुको नेपाली राजदूतावास रियादबाट निरन्तरता दिने कुराको बिश्वास दिलाउनु भएको थियो। साथै राजदूतावासबाट श्रमिक हितका बारेमा भईरहेका कार्यहरुको जानकारी गराउनु भएको थियो । करिब ४ घण्टा चलेको यस कार्यक्रममा नेपाली राजदूतावास रियाद र आरसीसी अलकासमको सहकार्यमा भएको राहदानी नविकरण घुम्ती शिविरमा महत्वपूर्ण भुम्का खेल्नु भएका महानुभावहरुलाई प्रशंसा पत्र प्रदान गरिनुका साथै स्थानिय कलाकारहरु द्वारा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
आरसीसी अलकासिमका अध्यक्ष तथा यस कार्यक्रमका अध्यक्ष कृष्ण अधिकारी ले सम्पूर्ण अतिथी ज्यु हरुलाई धन्यबाद ज्ञापनका साथ कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो।