
नवीनसञ्चार अल कासिम साउदी अरव
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो १० औं बार्षिकोत्सब तथा इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल अधाको शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको छ।
संघले आफ्नो स्थापना कालको दशौँ बर्ष पूरा गरेको उपलक्ष्यमा यो कार्यक्रम गर्न लागेको संघका सचीव सिद्दिलाल श्रेष्ठले जानकारी गराएका छन् । उक्त कार्यक्रममा संघको आर्थिक तथा १ बर्ष सम्म संघले गरेको कार्यप्रगती विवरणहरु प्रस्तुत गरिनुको साथै स्थानीय कलाकारहरु द्वारा केही सांस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिने जनाएको छ ।
संघले एक सूचना जारी गरि कार्यक्रम बारेमा जानकारी गराउँदै नेपाली राजदूतावास रियाद तथा नेपाली महाबाणिज्य दूतावास जेद्दा, साउदी अरबमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, एनआरएनएका प्रतिनिधि तथा सदस्यहरु, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु, ब्यबसायीहरु, बिभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु,मिडियाकर्मीहरु, सामाजिक अभियन्ता तथा समाजसेवी सबैलाई गरिमामय उपस्थिति लागी पनि हार्दिक निमन्त्रणा गरेको छ ।
उक्त कार्यक्रम ७ जुन २०२४ , शुक्रबार, दिउँसो १ बजेदेखि अल कासिमको बुरैदा (अल कासिम कन्नभेसन सेन्टर नजिकैको ईस्तरहा) मा हुने आयोजक ले जनाएको छ ।
थप बृस्तित जानकारीको लागी
कृष्ण अधिकारीः-0556036023,
बिनोद खड्गाः- 056 971 ८२०५
सिद्धी लाल श्रेष्ठः-0542797023
बिर बहादुर तामाङः- 055 651 31०7
समिर के.सी, 059 478 ५०२७
राज पौडेल 050 574 1316
अली हुसैन मियाः 057 339 7731
हरुलाइ सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
कर्यक्रम हुने लोकेसन
https://maps.app.goo.gl H6R3Uq1cPjUSosC18?g_st=com.google.maps.preview.copy