शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

फुलबारी रेष्टुरेन्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट कलाकारहरु कतार आईपुगे

फुलबारी रेष्टुरेन्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट कलाकारहरु कतार आईपुगे

  • Naveen Sanchar

  • बुधबार, बैशाख १९, २०८१

  • 521
    Views
फुलबारी रेष्टुरेन्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट कलाकारहरु कतार आईपुगे

नबिन संचार

रोशन अर्याल, दोहा/कतार : ”फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ मानव सेवा आश्रम सहयोगार्थ आयोजना गर्न लागिएको बिबिध सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकारहरु लोकप्रिय लोक तथा दोहोरि  गायक पशुपति शर्मा, मोडल तथा  नृत्यमा अब्बल द्वय करिश्मा ढकाल र सविता भुसाल पनि मंगलबार राति कतार आइपुगेका छन्।

कतारको सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टले आयोजना गरेको कार्यक्रमको लागि आएका कलाकारहरुलाई स्वागत गर्न फुलबारी रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेल,कार्यक्रम संयोजक रोशन अर्याल लगायत अन्य दर्जनौ व्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए।  कार्यक्रम सब्य र भब्य बनाउनका निम्ति आबश्यक ब्यबस्थापनका कार्यहरु तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम सयोंजक रोशन अर्यालले जानकारी दिए। कार्यक्रममा सबैलाई उपस्तिथिको लागि रेष्टुरेन्ट सञ्चालक श्याम प्रसाद पौडेलले अनुरोध गरेका छन्।

शुक्रबार हुने वृहत् सांस्कृतिक कार्यक्रमको कार्यतालिका दुई चरणमा रहेको छ । पहिलो चरणको कार्यक्रम दिउँसो दुई बजे सुचारु हुने र बेलुका ६ बजे सकिनेछ । त्यस्तै दोस्रो चरणको कार्यक्रम बेलुका ७ बजे देखि राती साढे १० बजेसम्म रहनेछ, भने दुई चरणकै कार्यक्रममा टिकट होल्डरहरुको लागि चिया नास्ता, सहित खानाको समेत ब्यवस्था रहेको आयोजक टिमले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha