बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

गायक टंक बुढाथोकीले मनबिनाको धन ठूलो कि धनबिनाको मन नामक फिल्म निर्माण गर्दै

गायक टंक बुढाथोकीले मनबिनाको धन ठूलो कि धनबिनाको मन नामक फिल्म निर्माण गर्दै

  • Naveen Sanchar

  • शुक्रबार, बैशाख ७, २०८१

  • 236
    Views
गायक टंक बुढाथोकीले मनबिनाको धन ठूलो कि धनबिनाको मन नामक फिल्म निर्माण गर्दै

नवीन सञ्चार

काठमाडौँ —बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करियर मा आधारित फिल्म बन्ने भएको छ । टंक बुढाथोकी र विनय अधिकारीले मन बिनाको धन ठुलो कि धनबिनाको मन नामक  फिल्म निर्माण गर्न लागेका हुन ।

निर्माताले चलचित्र विकास बोर्डमा ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ शीर्षकको फिल्मका लागि निर्माण इजाजत समेत लिइसकेका छन् । फिल्मको पटकथा शिवम अधिकारीको रहेको छ । उनले निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई फिल्मको स्क्रिप्ट बुझाइसकेको बताए ।

फिल्मको नाम पाँच वर्षअघि रिलिज भएको चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाट तय गरिएको गायक बुढाथोकीले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha