बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

स्याङ्गजा सहयोग समाज कतारले आयोजना गरेको “१९औं वार्षिकोत्सब तथा विविध सास्कृतिक कार्यक्रम-२०२४” को तयारी अन्तिम चरणमा

स्याङ्गजा सहयोग समाज कतारले आयोजना गरेको “१९औं वार्षिकोत्सब तथा विविध सास्कृतिक कार्यक्रम-२०२४” को तयारी अन्तिम चरणमा

  • Naveen Sanchar

  • मङ्लबार, बैशाख ४, २०८१

  • 281
    Views
स्याङ्गजा सहयोग समाज कतारले आयोजना गरेको “१९औं वार्षिकोत्सब तथा विविध सास्कृतिक कार्यक्रम-२०२४” को तयारी अन्तिम चरणमा

नबिन संचार/रोशन अर्याल

दोहा : “नेपालीहरुको नयाँ वर्ष २०८१ को” शुभ अवसरमा १९औं वार्षिकोत्सब एवम् शुभकामना आदान-प्रदान तथा विविध सास्कृतिक कार्यक्रम-२०२४” यहि आउदो अप्रिल १९ तारिख शुक्रबारका दिन स्याङ्गजा सहयोग समाज कतारको आयोजनामा राम्दीधाम वृद्ध आश्रम सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा नेपाल देखि आमन्त्रित ख्याती प्राप्त कलाकारहरु लोकदोहोरी तथा आधुनिक गायक खुमन अधिकारी, गायिका कमला गैरे, मोडल तथा निर्त्यनगना अस्मिता रनपाल साथै दोहामा अबस्थित प्रख्यात कलाकारहरु का साथमा बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरु रहने छन्।

“स्याङ्गजा सहयोग समाज कतारको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपालीहरुको सहयोगका लागि सन २००५ मार्च ४ का दिन कतारमा स्थापना भएको स्याङ्गजा सहयोग समाज कतारको स्यांग्जालीहरु को साझा संस्था स्याङ्गजा सहयोग समाज कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृहजिल्लामा बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ । कतारमा स्थापित जिल्ला सस्थाहरुमा सामाजिक कार्यका लागि स्याङ्गजा सहयोग समाज अग्रपंतिमा आउदछ।  बिशुद्द परोपकारी कार्यको सहोगार्थ आयोजित कार्यक्रमलाई भब्य र सव्य रुपमा सफल पार्नका लागि उक्त मितिमा कुनै पनि कार्यक्रमहरु तय गरि नजुधाईदिनुहुन महासचिब टेक गैरेले  आग्रह गरेका छन । गैरेले कार्यक्रम सफल पार्न सबैले आ-आफ्नो ठाउबाट सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गरेका छन् ।

यहि आउँदो अप्रिल १९ तारिक, शुक्रबारका दिन अल-लक्तामा अबस्थित टिउनिसियन स्कुलको सभाहलमा आयोजना हुन लागेको बृहत साँस्कृतिक´ कार्यक्रमको व्यापक दर्शक श्रोताहरु उपस्थिति रहने अनुमान गरिएको छ, कार्यक्रम सभाहल ब्यबस्थापन, स्वयं सेवक, प्रसाशनिक तयारी देखि यातायात सेवा सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष प्रकाश परियारले बताए । दोहाबासि सम्पुर्ण नेपालीभाषी दाजुभाई, दिदि-बहिनि, आमा-बुबा सबैलाई उपस्थीतको लागि अनुरोध समेत गरेका छन्। कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम बनेको आयोजक संस्थाले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha