सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

सांगीतिक प्रस्तुति दिन रियाद आईपुगे चर्चित गायक प्रमोद खरेल

सांगीतिक प्रस्तुति दिन रियाद आईपुगे चर्चित गायक प्रमोद खरेल

  • Naveen Sanchar

  • बुधबार, चैत्र २८, २०८०

  • 405
    Views
सांगीतिक प्रस्तुति दिन रियाद आईपुगे चर्चित गायक प्रमोद खरेल

नवीन सञ्चार  साउदी अरव

नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि साउदीको रियाद आईपुगेका छन् ।

खरेल नेपाली सांगीतिक जगतका एक बलियो खम्बा हुन्। बच्चा देखि बुडा सम्म सबै उमेरकाले औधि मन पराउने उनका हरेक विधाका गितहरु निकै चर्चित र लोकप्रिय छन्, झापा जिल्लामा जन्मिएका खरेल स्कुलको पढाई पश्चात उच्च शिक्षा हासिल गर्न राजधानी पसेका थिए, शुरुमा उनको उदेश्य डाक्टर बनेर बिरामीहरु को सेवा गर्ने थियो, रसायन शास्त्रमा मास्टर डिग्रि हासिल गरेका खरेलले केहि समय शैक्षिक पेशामा लागेका थिए, तर पनि उनको संगीत प्रतिको लगाव कहिले कमि भएन ! संगीत साधनालाई निरन्तरता दिदै “म बिना कसै कसै लाई मुस्किल छ पोखरामा” भन्ने गित बजारमा पस्किए पछि कहिले सांगीतिक यात्रा पछाडी फर्केर हेर्नु परेन। उक्त गित सर्बादित लोकप्रिय भए पछि एक से एक गितहरु सुपर हिट हुन थालेका थिए , अहिले सम्म २५०० भन्दा बडी गितमा आवाज दिइसकेका खरेलको आवाजमा जादु रहेको छ, फ्रेनचाईज कार्यक्रम “द भोईस अफ नेपाल” २०१८ देखि २०२३ सम्म पाच सिजनमा कोचको भूमिकामा रहेर उनि तिन पटक सम्म बिजेता आफ्नो टिमको पोल्टोमा पार्न सफल भएका छन् ।

प्रमोद खरेल झापाली समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक तथा नया बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन रियाद आइपुगेका हुन् । खरेलले शुक्रबार प्रस्तुति दिने आयोजक ले जानकारी दिएको छ ।

शुक्रबार हुने कार्यक्रम रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि हुने छ। उनको स्वागतका लागि रियाद को किङ्ग कालीद विमानस्थल रियादमा झापाली समाजका कार्य समितिका पधाधिकारी हरु , नेपाली राजदूतावास रियादका उप नियोग प्रमुख डा . डमरु बल्लभ पौडेल सहित साउदी अरबमा रहेका समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्वहरू एयरपोर्ट पुगेर भव्य स्वागत गरेका थिए ।

साउदी अरवमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनी , समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्व ज्युहरु लाई गरिमामय उपस्थित लागि हार्दिक निमन्त्रणा गर्दछौ झापाली समाज साउदी अरव परिवार।।।।।

कार्यक्रम हुने मिति स्थान र समय
मिति :-१२ अप्रिल २०२४ शुक्रबार
समय :- बिहान १०, बजे बाट
स्थान :- रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि

झापाली समाज साउदी अरब परिवार

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha