बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

श्रीर्षकः आजको दुनियाँ

श्रीर्षकः आजको दुनियाँ

  • Naveen Sanchar

  • आइतवार, चैत्र ४, २०८०

  • 65
    Views
श्रीर्षकः आजको दुनियाँ

भानु ढुङ्गाना

समयले किन हिजो आज
हावालाई श्रीमान बनाउँदैछ !
र सुस्तरी मैथुनको आनन्द लिँदैछ
अनि भन्दैछ संसार जितिँदैछ।

अनि हुरि वतासले किन होला
पुन:अब्यय सन्तान जन्माउँदैछ ।

बाँस फुलेको वन जङ्गल जस्तो
चिसो मौसमले हिजो आज,
किन चर्को गर्मीको गन्द~ चढाउँदैछ !
बसेको बास छोडेर हिँडेको भरिया
एका एक कहाँ पुग्यो होला जस्तो, आज समयले किन यस्तो बनाउँदैछ !

समयले किन हिजो आज
वायुको बेग-बाट विर्य~~~ खसाउँदैछ !
त्यसैले पनि होला त्यस्ता जमातहरु हुरुरुरि हुरिदैछन्।

आकाश किन यति तल आएको छ
र धर्ती उठेर यस्तो घुम्न पाएको छ
साँच्चै हो सुनौलो समय आएको,
हावाको विर्यले हो बेलुनलाई
गर्भवती बनाएको छ ?
त्यसैले हो दुनियाँले रमाईलो हिजो आज पाएको छ !
आजको दुनियाँ यसरी रमाएको छ ~~~


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha