बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

एनआरएन सम्बन्धी कानून अविलम्ब जारी गर्न कानूनमन्त्री सकारात्मक

एनआरएन सम्बन्धी कानून अविलम्ब जारी गर्न कानूनमन्त्री सकारात्मक

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन २६, २०८०

  • 148
    Views
एनआरएन सम्बन्धी कानून अविलम्ब जारी गर्न कानूनमन्त्री सकारात्मक
काठमाडौँ   कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गैरआवासीय नेपालीहरु सम्बन्धी कानून तथा नियमावलीहरु अविलम्ब अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसंग शनिबार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा मन्त्री गिरीले सो प्रतिवद्धता जनाएका हुन् ।भेटवार्तामा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता, दोहोरो कर छूट सम्बन्धी निर्देशिका तत्काल जारी गर्न आग्रह गर्दै गैरआवासीय नेपाली नागरिकता लिएपछि पनि त्यसको कार्यान्वयनमा भएका अड्चनबारे मन्त्रीलाई जानकारी गराएका थिए ।उनले नेपालको संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रत्याभूति हुने गरि सरकारलाई कानून ल्याउन आग्रह गरेका थिए ।
भेटमा मन्त्री गिरीले गैरआवासीय नेपालीहरु सम्बन्धी कानून तथा नियमावलीहरुलाई प्राथमिकतामा राखेर आवश्यक प्रकृया अघि बढाउने आश्वासन दिएका थिए ।
नेपाल सरकारले गत अक्टोबरदेखि जारी गरेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले अझै पनि नेपाल जांदा भिसा लिनु पर्ने, मालपोत, अध्यागमन, बैंक लगायत क्षेत्रमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष डा. केसीले मन्त्रीको ध्यानार्कषण गराएका हुन् ।
संघले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयन र संशोधनका लागि प्रस्तावित गैरआवासीय नेपाली ऐन अघि बढाउन सरकारसंग माग गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha