बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाल पराजित

वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाल पराजित

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १७, २०८०

  • 159
    Views
वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाल पराजित

देवी बहादुर कार्की, साउदी अरब

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ । साउदी अरबको जेद्दामा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो ।

पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

९० मिनेटको मनोरञ्जनात्मक र एक्शन २–२ को बराबरीमा सकियो । तर, पेनाल्टी सुटआउटमा नेपाल ५–३ गोलले पराजित भयो । नेपाली महिला टोलीले संघर्षपूर्ण खेल खेलेको थियो । जोर्डनले लगातार छैटौं पटक उपाधि जितेको हो । नेपालले डेब्यु टोलीको रुपमा खेल खेलेको थियो।

नेपालका लागि गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गरे । अमृता जैशीको पेनाल्टी जोर्डनकी गोलकिपरले बचाइन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha