शनिबार, चैत्र २८, २०८२ | April 11, 2026

कविता

कविता

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १०, २०८०

  • 312
    Views
कविता

नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत

शीर्षकः मृत्यु —–!

मैले जित्न नसकेको
मलाई मात्र होइन
सबैलाई जितिरहने एउटा आकार नभएको
सबैलाई थाहाँ छ
तर पनि यहाँ
अन्जान बनेर बाँचिरहेको छ।
कस्तो अचम्म नि —-!
जन्मेको हितैषी मृत्यु रे —-!
आउँदा हरेकको आँगनमा खुशी लिएर आउँछ
जब जान्छ नि हजुर
सबैलाई आँशुको पोखरीमा डुबाएर लान्छ
यो एउटा रित
यो सबैले गाउँनु पर्ने गीत भने जस्तै
तर पनि यहाँ
सबै बेवास्ता छन्
कति ढुक्क बनी बाँच्न सकेको मानिसहरू
मान्छे मान्छेको बस्तीभित्र नि —-!
मृत्युको मुखबाट कसले पो रोक्नु सक्छ —?
जब काल र यसले छोप्छ नि —-!
ओहो —–!
को युवा —-?
को बुढो ——?
को तरूनी —-?
को बच्चा —-?
कसैमाथि यसको दया र माया छैन।
आउँछ आफ्नो समय मिलाएर यहाँ
अनि टिपेर लान्छ
उ आफ्नो रोजाइहरूमा
खै त —–?
कसले छेकबार गर्न सकेको
कसले बाटो बन्द गर्न सकेको
सबै हार्नु बाहेक
छैन यहाँ कुनै समाधान —-!
किन कि उ यमराजको पनि बाबु हुन्
यसैले त उसको नाम मृत्यु हो —–!!!

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha