बिहिबार, साउन १६, २०८२ | July 31, 2025

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई साउदी अरेबियामा न्यानो स्वागत

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई साउदी अरेबियामा न्यानो स्वागत

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ५, २०८०

  • 939
    Views
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई साउदी अरेबियामा न्यानो स्वागत

साउदी अरेबिया । साउदी अरेबियाको किङ अब्दुल्लाह सिटी हल स्टेडियममा आगामी सोमबारदेखि आयोजना हुने वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन शनिबार बिहान अवतरण भएको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसी जेद्दाद्वारा संयुक्त रुपमा जेद्दा एयरपोर्टमा न्यानो स्वागत गरिएको छ ।

जेद्दा एयरपोर्टमा आइपुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली कन्सुलेट जेद्दाका श्रम सहचारी ताम्रराज काफ्ले,एनआरएनए साउदी अरबका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, महिला संयोजक लक्ष्मि थापा मगर, युवा संयोजक बिष्णु रावल, एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरन्जिबि बस्नेत, सचिव देवराज अर्याल, कोषाध्यक्ष राजेस काफ्ले, त्यसैगरि जेद्दामा कार्यरत समाजसेवि सम्पुर्ण केसि, श्याम भण्डारी, हनि शर्मा रामप्रसाद लम्साल र सुजन भट्टराई लगायतले खादा ओढाइ स्वागत गरिएको हो ।

१९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त खेलको समूह ए मा लेबनान र गुआम तथा आयोजक साउदी अरब र जोर्डन बिच हुनेछन् । खेलको समूह बी मा परेको नेपालले सिरिया, इराक, र प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरी मंगलबारका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha